बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

रविमाथि खोया प्रहार

शनिवार , पौष ७, २०८०

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि शनिबार खोया प्रहार भएको छ । । पोखराको अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहनुभएका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् । उहाँ बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको सहभागीहरुले बताएका छन् ।

ती व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको बताएको छ । कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको बताउनुभयो । ‘उनी मकै खाएर बसेका रहेछन् । खोया फाल्ने क्रममा स्टेजतिर गएको भन्ने छ,’ उहाँले भन्नुभयो, ‘कार्यकर्ताले चाहिँ ढुंगा हानेको भनेर आक्रमण गरेछन् । उनी हाम्रो नियन्त्रणमा छन् ।’ प्रत्यक्षदर्शी सौगात पोखरेलका अनुसार उनले ताकेरै लामिछानेलाई प्रहार गरेका थिए । ‘हानेको हो । हामीले देखेका थियौं,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया