बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुली अस्पतालका चिकित्सकले स्वास्थ्य मन्त्रालय गुहारे

शनिवार , मंसिर ३०, २०८०

सिन्धुली – सिन्धुली अस्पताल, सिन्धुलीमा कार्यरत छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले असोजदेखि तलब नपाएको बताएका छन् । हालसम्म पारिश्रमिक र दशैँ तिहारको चाडबाड खर्चसमेच नपाएपछि उनीहरुले स्वास्थ्य मन्त्रालय गुहारेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै अस्पतालमा कार्यरत १४ जना चिकित्सक तथा स्वास्थ्यकर्मीले पारिश्रमिक उपलब्ध गराइदिन माग गरेका हुन् ।

तलब नपाउँदा दैनिक गुजारा चलाउन समेत कठिन भइरहेको भन्दै यथाशिघ्र हालसम्मको पारिश्रमिक र दशैँ तिहारको चाडबाड खर्च उपलब्ध गराउन उनीहरुले माग गरेका छन् । उनीहरुले स्वास्थ्य सचिवलाई सम्बोधन गर्दै पत्रसमेत लेखेका छन् ।

“सिन्धुली अस्पतालमा कार्यरत छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले असोजमहिनादेखि हालसम्म पारिश्रमिक र दशैँ तिहारको खर्च सुविधा नपाएकोले हामीहरुको दैनिक गुजारा चलाउन समेत कठिन भइरहेको छ ” पत्रमा भनिएको छ,“यथाशिघ्र हालसम्मको पारिश्रमिक र दशैँ तिहारको खर्च उपलब्ध गराइदिनुहुनका साथै अबउप्रान्त नियमीत तथा सहज रुपमा समेत पारिश्रमिकको व्यवस्था गरिदिन अनुरोध छ ।”

 

 

 

प्रतिक्रिया