बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा अटोबाट लडेर एकजना गम्भिर घाईते, सहयोगको याचना

शनिवार , मंसिर ३०, २०८०

सिन्धुली– सिन्धुलीमा अटोबाट लडेर गम्भिर घाइते हुनुभएका शान्ति बहादुर भुजेललाई उपचारकोलागि आर्थिक अभाव भएपछि स्थानियले सहयोगको याचना गरेका छन् ।

जिल्लाको गोलन्जोर गाउँपालिका ३ च्यांगलुंग का ३५ बर्षिय शारिरिक अशक्त भुजेल गत बुधबार गोलन्जोर–६ स्थित मकरबेसी अक्करमा गुडिरहेको अटोबाट लड्नुभएको थियो । उहाँको टाउकोमा रगत जमेको हुँदा टिचिंग अस्पतालमा पहिलो अप्रेसनपछि भेन्टिलेटरमा उपचार भइरहेको स्थानिय गौरब कार्कीले जानकारी दिनुभयो । अति बिपन्न तथा अशक्त भुजेलको उपचारका लागि आर्थिक अभाव भएकोले गोलन्जोर गाउँपालिकाको कार्यालय, स्वास्थ्य चौकी, विद्यालय लगायत स्थानीयबासीले आर्थिक सहयोग जुटाउन सुरु गरेको कार्कीले बताउनुभयो । भुजेलको आमाबाबु नभएको र श्रीमतीले पनि छाडेर गएको हुँदा बेवारिसे अवस्थामा रहेका घाईतेलाई सहयोग गर्न कार्कीले आग्रह गर्नुभयो । हालसम्म अप्रेसन शुल्क, भेन्टिलेटर शुल्क बाहेक औषधिमा मात्रै ७५ हजार खर्च भइसकेका कार्की बताउनुहुन्छ ।

हालसम्म ५५ हजार रुपैँया संकलन भएको कार्कीले बताउनुभयो । भेन्टिलेटरमा अर्धचेत अवस्थामा रहनुभएका भुजेलको उपचारकालागि गोलन्जोर गाउँपालिकाको वडा नम्बर ६ का अध्यक्ष केपी पोखरेलको छोरा परिस्कृत पोखरेल खटिनुभएको छ । भुजेललाई सहयोग गर्न चाहनेले परिस्कृत पोखरेलको सिद्धार्थ बैंकमा रहेको खाता नम्बर ०२११५४४२७६४ मा नगद जम्मा गर्न वा ८५४०४१४६४ नम्बरमा आफूलाई सम्पर्क गर्न कार्कीले आग्रह गर्नुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया