सिन्धुली– सिन्धुलीमा आगो निमाउने क्रममा एकजनाको मृत्यु भएको छ । गत मंसिर ४ गते जिल्लाको फिक्कल गाउँपालिका वडा नम्बर २ स्थित डाङ्सेमा आगलागीमा परेका रामजी बहादुर बोगटीको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जिवि दाहालले जानकारी दिनुभयो । ५५ वर्षिय बोगटीको आगलागीमा परेको २३ दिनपछि मृत्यु भएको डिएसपि दाहालले बताउनुभयो ।
काठले बनेको खरको छानो भएको १ तले गोठमा अचानक आगलागी हुँदा आगो निभाउने क्रममा बोगटीको बाँया हात, दुवै खुट्टा र अनुहारमा पोलेको थियो । उनको किर्तीपुर बर्न अस्पतालमा उपचार भईरहेको थियो ।