सिन्धुली– पछिल्लो केहि वर्ष यता नेपालमा पिरो चाउचाउ लोकप्रिय खाजाको रुपमा स्थापित भएको छ । कोरियन ब्राण्डको ‘स्पाइसी राम्यन’, ‘करेन्ट’, ‘अकबरे’ लगायत दर्जनौँ कम्पनिले उत्पादन गरेको पिरो चाउचाउ नेपाली बजारमा अत्याधिक खपत हुने गरेको छ । सामाजिक संजालहरुमा त अत्यधिक पिरो खाने प्रतिस्पर्धा ‘च्यालेन्ज’ नै हुने गर्दछ । केहि मानिसहरु पिरो भनेपछि हुरुक्के हुने गर्दछन् । भातसँग अकबरे नभई नहुने मानिसहरुपनि भेटिन्छन् । तर, एकजना मान्छेले कतिसम्म पिरो खान सकछ ? खुर्सानीको राजा मानिने अकबरे खुर्सानीको पारखिलेनैपनि हद्दे खाए दुईवटा खान सक्ला् । तर, सिन्धुलीका प्रबिन तामाङले भने एकैपटकमा आधा केजि भन्दा बढि अकबरे खाएर दुनियाँलाई चकित बनाएका छन् ।
पछिल्लो केहि साता यता सामाजिक संजालको भित्ताहरुमा प्रबिन तामाङ उर्फ ‘च्याङ्बा’ भाइरल हुनुभएको छ । उहाँको अद्भुत कलाले दर्शकलाई आश्चर्यचकितनै बनाएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ कोकटीका च्याङ्बाले अकबरे खुर्सानि खाने मात्र होइन आँखा र मुखमा पनि दल्ने गर्नुहुन्छ । आफूलाई खुर्सानि खाँदा पिरोनै नहुने उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ, ‘अकबरे खुर्सानिले मलाई पिरो हुदैँन । पिरो खुर्सानि मलाई मिठो लाग्छ ।’
आफूलाई कुनैपनि रोग नलागेको बताउदैँ च्याङबाले आफूलाई पिरो खान सक्ने तागत भगवानले उपहार दिएको बताउनुहुन्छ । गाउँघरमा अकबरे खुर्सानि खाने प्रतिस्पर्धामा आफूले सधैँ जित्ने गरेको च्याङबाले बताउनुभयो । पिरो खाने प्रतिस्र्धामा सधैँ विजेता भएपछि आफूलाई भगवानले पिरो खाने क्षमता दिएको भेउ पाएको उहाँले बताउनुभयो । ज्यामि काम गर्दै आउनुभएका च्याङबाको अद्भुत कला देखेर जोकोहि आश्चर्यमा पर्ने गर्दछन् । च्याङबाले भन्नुभयो, ‘मैले खुर्सानि खाएको देखेर कतिले देवि, देवता चढ्यो समेत भने । कतिले ढोंगिको आरोप समेत लगाए ।’ आफूमा भएको अद्भुत कलाको विरोध आउन थालेपछि सामाजिक संजालमा देखिन थालेको उहाँले बताउनुभयो । विभिन्न युट्युब च्यानलमा देखिनुभएका च्याङबाले मान्छेहरुको भिडमै अकबरे खुर्सानि खाने र आँखा, नाक, मुखमा दलेपछि मानिसहरु उनको अद्भुत कला देखेर छक्क परेका छन् । आफुमा भएको क्षमता प्रदर्शन गर्दा केहिले जादुगरको ट्याग समेत लगाएको उहाँ बताउनुहुनछ । तर, आफू कुैन जादुगर, देविदेवताको स्वरुप वा ढोंगि नभई साधारण मान्छे भएको उहाँ बताउनुहुन्छ ।
करोडौँ मानिस भन्दा आफू फरक भएको जिकिर गर्दै च्याङबा भन्नुहुन्छ, ‘मेरो कला विश्वले देखोस् भन्ने चाहान्छु । भगवानले दिएको बरदानलाई विश्वसामु लगेर सिन्धुलीलाई चिनाउन चाहान्छु ।’ उहाँले अहिले गिनिज बुकमा नाम लेखाउन दौडधुप गरिरहनु भएको छ । क्यानडाका माईक ज्याकको रेकर्ड तोड्न आफू सक्षम रहेको बताउदैँ च्याङबाले भन्नुभयो, ‘कसैले प्राविधिक साथै आर्थिक सहयोग गरेमा वल्र्ड रेकर्ड राख्न सक्छु जस्तो लागेको छ ।’
यता, हरिहरपुरगढी गाउँपालिकाको अध्यक्ष बज्रध्वज वाईबाले सिन्धुली र नेपालको नाम गिनिज बुकमा लेखाउन प्रयासरत च्याङबालाई सहयोग गने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँको अद्भुत कलाको बारेमा जानकारी पाएको छु । सहयोग गर्न कञ्जुस्यार्इँ गर्दिन ।’ पिरो खाने कलाबाट हरिहरपुरगढीको एतिहासिक स्थलको समेत प्रचारप्रसार हुने गरि अघि बढ्ने अध्यक्ष वाईबाले बताउनुभयो ।
स्मरण रहोस्, क्यानडाका माईक ज्याकले मात्र १० सेकेण्ड भन्दा कम समयमा विश्वकै पिरो जाताको खुर्सानी क्यारोलिना रिपर तीनवटा खाएर कीर्तिमान कायम गर्नुभएको थियो । अमेरिकाको पकरबट खुर्सानी कम्पनीले उत्पादन गर्ने क्यारोलिना रिपर खुर्सानी आधिकारिक रुपमा विश्वको सबैभन्दा पिरो खुर्सानी हो । त्यस्तै, ज्याकले गत महिनामात्रै छ मिनेट ४९ मिलिसेकेन्डमा ५० वटा जलपेनो पेपर जातको खुर्सानी खाएर विश्व रेकर्ड कायम गर्नुभएको छ ।