बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा ठूलो मात्रामा गाजा खेती नष्ट

बिहिवार , मंसिर २१, २०८०

सिन्धुली– सिन्धुलीमा बुधबार दुई बिघामा लगाइएको गाजा फडानी गरिएको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ८ कालीखोला डाँडामा अवैध रुपमा लगाइएको गाजा फडानी गरिएको हो । प्रहरीलाई गोप्य सूचना प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमरुख प्रहरी उपरिक्षक राजकुमार सिलवाल लगायत २५ जनाको संयुक्र टोलीले गाजाँ फडानी तथा नष्ट गरेको हो । संसदमा गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने माग उठिरहेका बेला सिन्धुली जिल्लामा ठूलो परिमाणमा गाँजा खेती हुँदै आएको स्थानियले बताएका छन् । निजी, सामुदायिक र चुरे क्षेत्रको वन फडानी गरेर समेत गाँजा खेती गरेको फेला पर्ने गरेको छ । मरिण गाउँपालिकाका वडा नम्बर २, ३ र ४ र हरिहरपुरगढीका वडा नम्बर ४, ६, ७ र ८ मा धेरैजसो गाँजा खेती हुने गरेको छ। यहाँ जंगलको बीचमा वन फँडानी गरेरसमेत गाँजा खेती गरेको भेटिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया