सिन्धुली– सिन्धुलीकोे तिनपाटन गाउँपालिकास्थित जंगलमा आइतवार एक नवजात (बालक) शिशुको बेवारिसे शव फेला परेको छ । तिनपाटन गाउँपालिका –१० धाप्रे स्थित दंगेली सामुदायिक बन जंगलमा प्लास्टिक र सलमा पोका पारी फालेको अवस्थामा नवजात बालक शिशुको शव फेला प्रहरीले जनाएको छ । शव पोष्मार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र चकमके पठाईएको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झुण्डि युवतीको मृत्यु
यसैगरी दुधौली नगरपालिका –११ माथिल्लो पत्रिङ्गामा आइतबार एक बलिका झुण्डि मृत्यु भएको छ । जिल्ला उदयपुर गाईघाट घर भई तिहार देखि मामाघर बस्दै गरेको फुलेस्वर सदाको छोरी अंन्दाजी वर्ष १० की रोशनी सदा ईटाले बनेको जस्ताको छानो भएको घरको बाहिर आंगनमा बच्चालाई खेल्न बनाएको कपडाको पिङमा झुण्डि मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।