सिन्धुली– आईतबार सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिक घाईते भएका छन् । विपी राजमार्गस्थित सिन्धुलीको सुननकोशी गाउँपालिका ६ स्थित त्रिवेणिमा सडकबाट झण्डै ८० मिटर तल चालक बजारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जिवि दाहालले जानकारी दिनुभयो । दुर्घटनमा परि २२ वर्षिय सोल्टिम शेर्पा मध्यम घाइते भएको डिएसपि दाहालले बताउनुभयो । इलाका प्रहरी कार्यालय, खुर्कोटको इन्चार्ज सबिता केसिको कमाण्डमा जनपद प्रहरीसहित सशस्त्र प्रहरीको टोली घाईतेको उद्धारमा खटिएको थियो । उद्धारकालागि डुंगा पुर्वतयारी अवस्थामा राखिएको थियो ।
घाईते शेर्पाको कम्मरमा चोट लागेको र उपचारकालागि काठमाडौँस्थित बि एण्ड बि अस्पताल पुर्याइएको डिएसपि दाहालले बताउनुभयो । घाईतको परिवारले खबर प्राप्त गरिसकेको र उनको साथमा साथि रहेको दाहालले बताउनुभयो ।