बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

नगर प्रहरीप्रति सिन्धुलीका युवाहरुको आकर्षण बढ्दो

शनिवार , मंसिर ९, २०८०

सिन्धुली– सिन्धुलीमा नगर प्रहरीकोलागि भर्ति हुन युवाहरुको अकर्षण बढ्दो छ ।जिल्लाको दुधौली नगरपालिकामा आठजना नगर प्रहरी जवानकालागि दुई सय ७९ जनाले आवेदन दिएका छन् । दुई सय ७९ मध्ये दुईजनाको आवेदन अस्विकृत भएको दुधौली नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत दिपक ढकालले जानकारी दिनुभयो । उनीहरुले प्रक्रिया नपुर्‍याई आवेदन दिएकाले अस्वीकृत भएको ढकालले बताउनुभयो । झण्डै एक सयजना महिलाले आवेदन दिएका छन् भने पुरुष आवेदनकर्ता डेढ सय माथि रहेको ढकालले बताउनुभयो ।

आगामी १३ गतेदेखि १५ गतेसम्म प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा हुने प्रमुख प्रशासकिय अधिकृत ढकालले जानकारी दिनुभयो । उक्त परिक्षा दुधौलीको बागमती प्रदेश प्रहरी तालिम केन्द्रमा हुनेछ । चर चरणमा हुने परिक्षामा विस्तृत स्वास्थ्य परीक्षण, लिखित परिक्षा र अन्तरवार्ता हुनेछ ।

गाँउ तथा नगर प्रहरी हाल दुधौली नगरपालिकामा असईको कमाण्डमा १६ जना, कमलामाई नगरपालिकामा असईको कमाण्डमा १९ जना, हरिहरपुरगढी गाउँपालिकामा चार जना, मरिण गाउँपालिकामा छ जना, फिक्कल गाउँपालिकामा पाँच जना, तीनपाटन गाउँपालिकामा दुई जना, गोलञ्जोर गाउँपालिकामा तीन जना रहेको सम्बन्धित पालिकाले बताएका छन् ।

प्रतिक्रिया