सिन्धुली – सिन्धुलीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दुधौली नगरपालिका –१२ मनिवाका ५२ वर्षीय बिरबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
आफ्नै घरमा कोही नभएको अवस्थामा प्लकमा तार जोडने क्रममा तार जिउमा टासिएर करेन्ट लागि भुईमा लडि मृत अवस्थामा तामाङको छोरीले बिहिवार बिहान फेलापारेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको को छ ।