बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा एकजना मृत फेला

बुधवार , मंसिर ६, २०८०

सिन्धुली– सिन्धुलीमा मंगलबार एकजना वृद्ध मृत फेला परेका छन् । जिल्लाको तिनपाटन गाउँपालिका १ स्थित क्वान्द्रेका ६९ वर्षिय पिताम्बर ठकुरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृतक ठकुरीले बेलघारीमा पसल संचालन गर्दै आएका थिए । पसलबाट घर जान्छु भनि हिँडेकोमा घरदेखि अन्दाजि एक किलोमिटर पुर्व जिर्गादोभानमा कोल्टे परी मृत अवस्थामा स्थानियले देखेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपि) चिरञ्जिवि दाहालले बताउनुभयो । मृतकको शव जिल्ला अस्पताल सिन्धुलीको शवगृहमा राखिएको डिएसपि दाहालले जानकारी दिनुभयो । उहाँले थप अनुसन्धान भइरहेको बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया