सिन्धुली– प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा सिन्धुलीका एक युवासहित दुईजनालाई नियन्त्रणमा लिएको छ । मंगलबार काठमाडौँ महानगरपालिका–२२ स्थित गणबहालबाट ट्राफिक प्रहरीले सिन्धुलीको दुधौली नगरपालिका–२ का २२ वर्षीय रोहित तामाङ र चितवनको इच्छाकामना गाउँपालिका–४ का २३ वर्षीय टेकबहादुर मगरलाई नियन्त्रणमा लिएको हो ।
गत कार्तिक २४ गते वाग्मती प्रदेश ०२–०३१ प ३९ २९ नम्बरको मोटरसाइकल काठमाडौं महानगरपालिका–१६ म्हेपी स्थित पार्किङबाट हराएको थियो । वास्तविक नम्बर परिवर्तन गरी वाग्मती प्रदेश ०२–०३१ प ९२ नम्बर राखे चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त लैनचौर पठाइएको छ ।