बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा बस र मोटसाइकल जुध्यो, एकको मृत्यृ

सोमवार , मंसिर ४, २०८०

सिन्धुली– सिन्धुलीमा बस र मोटसाइकल एक आपसमा ठक्कर खाइ दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । सोमबार कमलामाई नगरपालिका वडा नम्बर ८ बाघमारा स्थित वि.पि. राजमार्गमा बस र मोटसाइकल एक आपसमा ठोकिदाँ मोटसाइकल चालकको मृत्यु भएको हो । मोटसाइकल चालक महोत्तरी बर्दिबास नगरपालिका वडा नं. ०२ का ४३ वर्षिय श्याम चौधरीको टाउकोमा गम्भिर चोट लागेको थियो । घाइते चौधरीको उपचारको लागि बर्दिबास सिटि केयर अस्पताल लग्ने क्रममा मृत्यु भएको हो । यस्तै मोटसाइकल पछाडि सवार महोत्तरी बर्दिबास नगरपालिका वडा नं. २ का ५५ वर्षिय अरुण कुमार कर्णको टाउको र अनुहारमा चोट लागेको छ । उहाँको बर्दिबास बर्दिबास सिटि केयर अस्पतालमा उपचार भइरहेको छ ।

धरानबाट काठमाण्डौ तर्फ आउदै गरेको बा ४ ख ५९४८ नम्बरको बस र बिपरित दिशा सिन्धुलीबाट बर्दिवास तर्फ जादै गरेको ज ११ प ९१७२ नम्बरको मोटरसाईकल एक एक आपसमा ठक्कर खाइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बस सहित चालक ललितपुर गोदावरी नगरपालिका वडा नं.५ का ३५ वर्षिय श्याम कृष्ण सिजापतीलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया