सिन्धुली– सिन्धुलीमा आईतबार कार दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । जिल्लाको गोलन्जोर गाउँपालिका वडा नम्बर ३ स्थित सिम्ले नजिक मध्य पहाडी लोकमार्गबाट १२ मिटर तल कार भुईँमा बजारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । काठमाडौँबाट ओखलढुंगा तर्फ आउदैँ गरेको बा.प्र.०१–०२७ च ३७३४ नम्बरको कारमा सवार एकजना गम्भिर र अर्को सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जिवि दाहालले जानकारी दिनुभयो । गोरखाको गोरखा नगरपालिका ८ का ३३ वर्षिय चालक राजु थापा भने सामान्य घाईते भएको छन् भने नुवाकोट किसपाङ गाउँपालिका ०२ का २९ वर्षिय किरण नोपलीको शरीरमा भित्रि चोट लागेको डिसपि दाहालले बताउनुभयो । गम्भिर घाईते नेपालीलाई उपचारकालागि काठमाडौँ लगिएको डिएसपि दाहालले जानकारी दिनुभयो । घट्नास्थलबाट कार उठाई नसकेको डिएसपि दाहालले बताउनुभयो ।