बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

तिहारको अवधिमा सिन्धुली घर भएका ८ जनाको मृत्यु

शनिवार , मंसिर २, २०८०

सिन्धुली– तिहारको अवधिमा विभिन्न घटनामा परी सिन्धुली घर भएका सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपि) चिरञ्जिवि दाहाललका अनुसार सवारी दुर्घटना, विद्युत सर्ट लगायत घटनाका कारण जिल्लामा सात जनाको मृत्यु भएको हो ।

तिहारको बेला सिन्धुलीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको डिएसपि दाहालले बताउनुभयो । गत कार्तिक २८ गते सिन्धुलीमा स्पिकर बजाउन खोज्दा करेन्ट लागेर १५ वर्षिय बालकको मृत्यु भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका ५ पुरानो झाँगाझोलीमा करेन्ट लागेर पुरानो झाँगाझोली रातमाटाका दिल बहादुर राना मगरको छोरा जस्बिन राना मगरको मृत्यु भएको डिएसपि दाहालले जानकारी दिनुभयो । पुरानो झाँगाझोली रातमाटाका दिल बहादुर राना मगरको छोरा जस्बिन राना मगरलाई स्पिकर बजाउने क्रममा एक्कासी विद्युत सर्ट भई करेन्ट लागेको थियो । आफ्नै घरमा स्पिकर बजाउने क्रममा एक्कासी बिद्युत सर्ट भई करेन्ट लागी अचेत अवश्थामा लडेको मगरलाई तत्काल उपचारको लागी सुनकोशी गाउँपालिका ६ स्थित खाल्टेमा रहेको आत्मिय अस्पतालमा पुर्योएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । त्यस्तै, गत कार्तिक २४ गते जिल्लाको कमलामाई नगरपालिका वडा नं. ५ बोजेका ५४ वर्षिय रत्न बहादुर थापा मगरको करेन्ट लागि मृत्यु भएको डिएसपि दाहालले जानकारी दिनुभयो । आफ्नै घरबाट अन्दाजि दुई सय मिटर पुर्वमा रहेको खेतमा पानी लगाई पानी तान्ने मोटर बन्द गर्ने क्रममा करेन्ट सर्ट भई मगरको मृत्यु भएको हो । मगरलाई छिमेकिले बेहोस अवस्थामा फेला पारेका थिए । लगत्तै मगरलाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुली लगिएकोमा चिकित्सकले मगरलाई मृत घोषणा गरेको थियो ।

त्यसैगरि, तिहारको अवधिमा जिल्लामा दुईजना वृद्धको मृत्यु भएको छ । गत कार्तिक २६ गते नुहाउने क्रममा खोलाले बगाउँदा ६० वर्षिय वृद्धको मृत्यु भएको छ । नुहाउनेक्रममा कमला खोलाले बगाउँदा जिल्लाको दुधौली नगरपालिका वडा नम्बर ५ का सरलु कुमरको मृत्यु भएको डिएसपि दाहालले जानकारी दिनुभयो । कुमरलाई खोलाले बगाउदैँ लानेक्रममा स्थानिय बालबालिकाले देखेका थिए । बालबालिकाले हल्ला गरेपछि गाउँका मानिसहरुले कुमरलाई खोलाबाट निकालेको डिएसपि दाहालले बताउनुभयो ।

त्यस्ते, कार्तिक २५ गते जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ५ लिटेभन्ज्याङमा ७० वर्षिय वृद्धको भिरबाट लडेर मृत्यु भएको छ । सोहि ठाउँका सुब्बा विशंखेको बारीको डिलबाट लडेर मृत्यु भएको डिएसपि दाहालले बताउनुभयो । अचानक बारीको डिलबाट लडी विशंखे पाँच मिटर तल पुग्नुभएको थियो । उनलाई उपचारको लागि मध्यपुर अस्पताल भक्तपुरमा लगिएकोमा उपचारकाक्रममा मृत्यु भएको हो ।

यता, सिन्धुली घर भएका दुईजनाको ललितपुरमा सवारी दुर्घटनामा परि मृत्यु भएको छ । गत कार्तिक २८ गते मोटरसाइकल दुर्घटनामा परि सिन्धुली घर भएका दाजुभाईको मृत्यु भएको छ । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १० स्थित तखेल चोकमा मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीको मरिण गाउँपालिका ४ स्थित परिखोलाका दुईजनाको मृत्यु भएको हो । ललितपुर प्रहरीका अनुसार बा ६० प ५१९५ नम्बरको मोटरसाइकल सडक दुर्घटनामा २४ वर्षीय राम माझी र २५ वर्षीय विजय माझीको मृत्यु भएको छ । उनीहरूलाई उपचारका लागि पाटन अस्पताल लगिएकोमा त्यहीँ निधन भएको प्रहरीले जनाएको छ ।

सडक छेउमा रहेको रूखमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक राम र विजय दाजुभाई (काकाबाउका छोरा) हुन् ।

त्यस्तै, सिन्धुली कारागारमा सवारी ज्यान मुद्धाको कैद भुक्तान गरिरहेको दुधौली नगरपालिका वडा नम्बर १० का ३० वर्षिय बिमल थापा मगरको मृत्यु भएको छ ।

६१ प्याकेट पटाका बरामद: जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विभिन्न चेक प्वोइन्टमा चेकजाँच गर्ने क्रममा ६१ प्याकेट पटका बरामद गरेको छ । जिल्लाको कमलामाई नगरपालिका ९ स्थित भिमान, ६ नम्बर वडास्थित शिवनगरचोक र सिन्धुलीगढीमा चेकजाँच गर्नेक्रममा ६१ प्याकेट पटाका बरामद गरेको डिएसपि दाहालले बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया