बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुली कारागारमा देखिएको बेथितिको अन्त्य गर

शनिवार , मंसिर २, २०८०

दशैँ, तिहारको अवधिमा सिन्धुली कारागारमा दुईजनाको मृत्यु भएको छ । तीनपाटन गाउँपालिका घर भएका एक वृद्धको बिरामी भएर उपचारका क्रममा अस्पतालमा मृत्यु भयो । त्यस्तै, ३० वर्षिय युवा आकस्मात बिरामी भएर बेहोस भएपछि मृत्युवरण गरे । एक महिनाको अवधिमा सिन्धुली कारागारमा दुईजना कैदिबन्दिको मृत्युपछि कारागार व्यवस्थापनप्रति प्रश्न उठेको छ । उनीहरुको जे जस्तो कारणले मृत्यु भएपनि त्यहाँ रहेका कैदिबन्दिले चरम असन्तुष्टि पोख्ने गरेका छन् । कारागार प्रशासनले व्यवस्थापनमा देखाएको चरम लापर्वाहीले गर्दा कैदिबन्दिले कष्टकर जिवन बिताइरहनु परेको गुनासो छ । कारागारमा गाँस देखि बाँससम्मको समस्या रहेको भन्दै कारागार प्रशासनको चरम आलोचना हुदैँ आएको छ । कैदिबन्दिलाई खुवाउने खानादेखि विविध सामाग्री कमसल र गुणस्तरहिन हुने गरेको कारागारमा केहि समय बिताएका पुर्वकैदिले बताउने गरेका छन् । यतिमात्र नभएर, कारागारमै कैद मिनाहा गर्दिने भन्दै बिचौलियाहरुले मोलमोलाई गर्ने गरेको कैदिबन्दिले आरोप लगाएका छन् । इन्चार्ज नियुक्तिदेखि कैदिबन्दिको सेवासुविधामा चरम अनियमितता हुने गरेको गुनासो आइरहेको हुँदा जिल्ला प्रशासन कार्यालय लगायत सम्बन्धित निकायले तुरुन्त छानबिन गर्नतर्फ विशेष चासो देखाउन आवश्यक छ ।

जिल्ला कारागार सिन्धुलीमा क्षमताभन्दा बढि कैदिबन्दि रहेका छन् । तर, अन्य जिल्लाबाट सिन्धुलीमा कैदि ल्याउनेक्रम रोकिएको छैन । कैदिबन्दिको नाममा हुने आर्थिक चलखेलले मानविय जिवन खतरामा रहेको हुँदा मानव अधिकार आयोग, नागरिक समाज लगायत सरोकारवाला निकायले निगरानि गर्नतर्फ गम्भिर हुन आवश्यक छ । सरोकारवाला निकायले लचिलो बनेर कारागारमा देखिएको बेथितिविरुद्ध आँखा बन्द गर्नु लज्जास्पद हो । अतः कैदिबन्दिको चरम असन्तुष्टिलाई सम्बोधन गर्नतर्फ सम्बन्धित निकाय गम्भिर हुन जरुरी छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया