सिन्धुली– मंगलबार साँझ मोटरसाइकल दुर्घटनामा परि सिन्धुली घर भएका दाजुभाईको मृत्यु भएको छ । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १० स्थित तखेल चोकमा मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीको मरिण गाउँपालिका ४ स्थित परिखोलाका दुईजनाको मृत्यु भएको हो । ललितपुर प्रहरीका अनुसार बा ६० प ५१९५ नम्बरको मोटरसाइकल सडक दुर्घटनामा २४ वर्षीय राम माझी र २५ वर्षीय विजय माझीको मृत्यु भएको छ । उनीहरूलाई उपचारका लागि पाटन अस्पताल लगिएकोमा त्यहीँ निधन भएको प्रहरीले जनाएको छ ।
सडक छेउमा रहेको रूखमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक राम र विजय दाजुभाई (काकाबाउका छोरा) हुन् । शव बुझनकालागि मृतकका परिवार प्रहरीको सम्पर्कमा आईसकेको ललितपुर प्रहरीले बताएका छ । मृतकका परिवारले जाहेरि दिएपछि पोष्टमार्टम गरिने प्रहरीले बताएको छ ।