बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा स्पिकर बजाउन खोज्दा करेन्ट लागेर एकको मृत्यु

बुधवार , कार्तिक २९, २०८०

सिन्धुली– सिन्धुलीमा स्पिकर बजाउने क्रममा करेन्ट लागेर १५ वर्षिय बालकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो ४ बजेको समयमा जिल्लाको सुनकोशी गाउँपालिका ५ पुरानो झाँगाझोलीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जिवि दाहालले जानकारी दिनुभयो । पुरानो झाँगाझोली रातमाटाका दिल बहादुर राना मगरको छोरा जस्बिन राना मगरलाई स्पिकर बजाउने क्रममा एक्कासी विद्युत सर्ट भई करेन्ट लागेको थियो । आफ्नै घरमा स्पिकर बजाउने क्रममा एक्कासी बिद्युत सर्ट भई करेन्ट लागी अचेत अवश्थामा लडेको मगरलाई तत्काल उपचारको लागी सुनकोशी गाउँपालिका ६ स्थित खाल्टेमा रहेको आत्मिय अस्पतालमा पुर्योएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । आबश्यक कानुनी प्रकृया अघि बढाइएको डिएसपि दाहालले बताउनुभयो ।

प्रतिक्रिया