सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका ६ मा रहेको सिन्धुली मार्टमा दुई हप्ताको अवधिमा दुई पटक चोरीको प्रयास भएको छ । बिहिबार राती मार्टमा चोरीको प्रयास भएको संचालक दिपेश थापाले बताउनुभयो । मार्टमा जडान गरिएको सिसि क्यामेराको तार काटि चोरले सटर फोड्ने प्रयास गरेको थापाले बताउनुभयो । यसअघि पनि दुई हप्ताअघि मार्टमा चोरीको प्रयास भएको थियो । सिसि क्यामेराले कैद गरेको भिडियो आफ्नो मोबाइलमा नआएपछि संचालक थापा रातीनै मार्टमा पुग्नुभएको थियो । गाडीको बत्ति देखेपछि चोर भागेको उहाँले बताउनुभयो ।
सदरमुकामकै व्यस्त ठाउँमा दुई हप्ताभित्र दुई पटक चोरीको प्रयास भएपछि स्थानीय व्यापारी डराएको कमलामाई नगरपालिका ६ का स्थानियले बताएका छन् । १५ दिनको बिचमा दुईपटक चोरीको प्रयास हुनु र हालसम्मपनि चोर पक्राउ पर्न नसक्नुले प्रहरी प्रशासनको लाचारीपनलाई देखाएको छ । सिन्धुली मार्टमा चोरी नभएपनि चोरीको प्रयास भएको बताउदैँ संचालक थापाले भन्नुभयो, ‘बुढि मरि भन्दा पनि काल पल्किने डर भयो ।’ सिन्धुली मार्ट व्यस्त बिपि राजमार्गकै छेऊमा छ । सुरक्षाको हिसाबले सुरक्षित मानिएको ठाँउमा नै व्याबसायीहरु त्रासमा बस्नुपर्ने स्थितिले जिल्लाको सुरक्षा अवस्थालाई उजागर गरेको छ । राप्रपा केन्द्रिय सदस्य गोबिन्द थापा लेख्नुहुन्छ, ‘१५ दिनमा दुइ पटक सिन्धुली मार्ट चोरले फोडेको छ । अब प्रहरीले निगरानी बढाउने बेला भएन र ?’
पत्रकार एवं समाजसेवि डण्ड गुरुङले प्रहरीको अनुसन्धान फितलो भएको भन्दै सामाजिक संजाल फेसबुकबाट प्रहरी प्रमुख महानिरिक्षक वसन्त कुँवरको ध्यानाकर्षण गराउनुभएको छ । प्रहरीले अनुसन्धानमा ध्यान दिनुपर्ने बताउदैँ पत्रकार गुरुङले प्रहरी प्रमुखको ध्यानाकर्षण गराएपछि महानिरिक्षक कुँवरले उक्त घट्नाप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ ।सिन्धुली मार्ट चोरी प्रकरणमा देशकै प्रहरी प्रमुख प्रहरी महानिरीक्षकको सकारात्मक प्रतिक्रियाले आश जगाएको भन्दै युवा ब्याबसायी एबं सिन्धुली मार्टका संचालक थापाले चोर पत्ता लाग्ने आश जागेको बताउनुभएको छ । प्रहरी प्रमुखको प्रतिकृया पाएपछि पीडित ब्याबसायी थापाले न्याय पाउने आशा जनाउदै भन्नुभयो, ‘चोर पत्ता लाग्ने आश जागेको छ । अब पक्कै पनि प्रहरीले निगरानी बढाउला । साथ र सहयोगका लागि धेरै धेरै धन्यवाद !’
शिवनगरमा चोरी, चोर पक्राउः सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थित बुद्धनगरमा मदन कुमार घिसिङले संचालन गर्दै आएको किराना पसल चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । गत कात्र्तिक ९ गते ढोका फोडेर दुधौली नगरपालिका १० का २२ वर्षिय चन्दु कुमरले चोरी गरेका थिए । उनको साथबाट नगद ३१ हजार ८६१ रुपैँया, फलामको रड, पेन्चीस लगायत सामाग्री फेला परेको थियो ।