सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आयोजना गरेको नागरिक सुनूवाइ कार्यक्रममा उपस्थिति स्थानियले घटनास्थलमा प्रहरी समयमा नपुग्ने गरेको गुनासो गरेका छन । अपराधिक घटनाको खबर प्रहरी दिएपनि समयमा नआउने गरेको उनीहरुले गुनासो गरेका हुन् । कार्यक्रममा उपस्थित स्थानिय प्रतिमान बम्जनले भन्नुभयो, “अस्ति भर्खर रातको समयमा खट्टारको एक मन्दिरको दानपेटिका चोरी भयो, हामीले थाहा पाउने वित्तिकै प्रहरीलाई खबर पनि गर्यौ, प्रहरी नै तीन चार घण्टा पछि आयो । समयमा प्रहरी नआएकाले चोर भाग्न सफल भयो ।” गाउँगाउँमा कानुन विपरितका विभिन्न क्रियाकला भइरहेको उहाँले बताउनुभयो । “दशैँको समयमा एक घरमा बसेर जुवातास खेलिरहेका केहि व्यक्तिलाई स्थानियले बाहिरबाट ढोका लगाई प्रहरीलाई खबर गरे । प्रहरी धेरै ढिला आयो तर प्रहरीले नै उनीहरुलाई छोडिदिए ,” उहाँले भन्नुभयो । प्रहरी आर्थिक चलखेलमा चल्ने गरेको उहाँले गुनासो गर्नुभएको छ ।
कमलामाई नगरपालिका ६ का वडा अध्यक्ष उज्वल थापाले प्रहरी बजार केन्द्रित देखिएको बताउनुभयो । उहाँले जिल्लामा युवापुस्ताहरु लागु औषध दुर्व्यसनको शिकार भएको बताउनुहुन्छ । “अधिकाशं युवा लागुऔषध सेवन गर्छन् । लागुऔषध सेवनको कारण घरमा झैझगडा भइरहेको छ । प्रहरीले तिहारमा भित्रिने पटका नियन्त्रण भन्दापनि लागुऔषध भित्रन नदिन कडाइ गर्न आवश्यक छ।” उहाँले भन्नुभयो ।
चाडपर्वको समयमा चोरीको घटना बढ्ने र त्यस्ता घट्ना घट्न नदिन प्रहरीले कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने कार्यक्रममा उपस्थित सुझाब दिएका छन् । कार्यक्रममा उपस्थिति नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति, सीमानाकामा कडाइ, चोरी तस्करी नियन्त्रण, लागू औषध दुर्व्यसनी, दुर्घटना न्यूनीकरण र प्रहरीको सेवाबाट जनताले भोग्नुपरेको सास्ती लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए । साथै मुख्य बजार तथा चोकको सिसि क्यामेरा मर्मत हुनुपर्ने, मिटर ब्याजिलाई माग समेत राखेका थिए ।
गुनासोको सम्बोधन गर्नुुहुदैँ जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख सुनिता नेपालले अपराधिक घट्ना घट्न नदिन साथै शान्ति सुव्यवस्था कायम गर्न प्रहरी प्रशासन लागि रहेको बताउनुभयो । नागरिकको गुनासो र सुझाव संकलन गर्ने साथै आगामी रणनिति तयार गर्ने उदेश्य अनुसार नागरिक सुनूवाई कार्यक्रमको आयोजना गरेको बताइएको छ ।