बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

देश रोइरहेको बेला मरिणमा उत्सव

शनिवार , कार्तिक १८, २०८०

सिन्धुली– जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति र सयौँको संख्यामा सर्वसाधारण घाइते भएका छन् । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर २०७२ वैशाख १२ मा आएको भूकम्पपछि शुक्रबारको भुकम्पले नेपालमा सबैभन्दा बढि मानविय क्षति पुर्योएको छ । संकटको घडीमा देश रोइरहेको बेला सिन्धुलीको मरिण गाउँपालिकमा भने बृहत जनसांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

पुर्वनिर्धारित कार्यक्रम अनुसारनै नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) मरिण गाउँ समितिले शनिबार आयोजना गरेको बृहत जनसांस्कृतिक कार्यक्रममा हसिमजाक सहित नाचगानका कार्यक्रम भए । नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिले शनिबारका लागि निर्धारण गरेको शुभकामना आदानप्रदान, चियापान तथा अन्य उत्सवमय कार्यक्रमहरु स्थगित गरेको बताएपनि मरिणमा भने माओवादी केन्द्रले नेता तथा कार्यकर्ता भेला गराएर उत्सव मनाएको छ । मुलुक भुकम्पको विपत्तिमा परेका बेला सिन्धुलीको मरिण गाउँपालिका ४ स्थित साहान रंगशालामा हास्यव्यंग्य कलाकार देखि गायकलाई ल्याएर उत्सव मनाउँदा माओवादी केन्द्रको चौतिर्फि आलोचना भइरहेको छ । सिंगो राष्ट्र नै शोकमा परेको बेला माओवादी केन्द्र मरिण गाउँ समितिले मान्छे भेला गराएर नेता तथा कार्यकर्तालाई नचाउँदा सामाजिक संजालमा चर्को आलोचन भइरहेको छ । यतिसम्म कि, उक्त कार्यक्रममा माओवादी केन्द्रबाट निर्वाचित जिल्लाको विभिन्न स्थानिय तहका प्रमुखदेखि वडाध्यक्ष र केन्द्रिय नेताहरुसम्मको उपस्थिति रहेको थियो ।

‘मुलुक अप्ठेरो अवस्थामा छ, भूकम्प गएको छ यस्तो बेला मान्छे भेला गराएर उत्सव मनाउदा राम्रो सन्देश जादैँन, पूर्व निर्धारित कार्यक्रम नै भएपनि आयोजकले मानविय संवेदनाको ख्याल गर्नुपथ्र्योे’, सिन्धुलीका एक राजनीतिक विश्लेषक भने । उहाँले स्वरुपराज आचार्यको गित सम्झिदैँ भन्नुभयो, ‘पहाडमा जाडो बढे, तराइले सेक्नुपर्छ । आँधि आए तराईमा, पहाडले छेक्नुपर्छ । होइन भने देशभक्ति छैन, हाम्रो छातिभित्र, माटोलाई चोट लाग्दा मुटुहरु दुख्नुपर्छ । विपत्तिको ठेस लागे, साझा आँसु रुनुपर्छ ।’

सम्बन्धित विषय:

प्रतिक्रिया