बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीको घ्याङलेखले भूकम्प प्रभावितलाई पाँच लाख सहयोग गर्ने

शनिवार , कार्तिक १८, २०८०

सिन्धुली– सिन्धुलीको घ्याङलेख गाउँपालिकाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका लागि पाँच लाख रुपैँया आर्थिक सहयोग गर्ने भएको छ । शनिबार घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलन, उपाध्यक्ष शंकरमान घलान र प्रमुख प्रशासकिय अधिकृत राम कुमार कार्की सहित बसेको आकस्मिक बैठकले जाजरकोट भुकम्प पिडितलाई ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको अध्यक्ष भोलनले जानकारी दिनुभयो । केन्द्रिय सरकार मार्फत जाजरकोट भुकम्प पिडितलाई सहयोग रकम उपलब्ध गराईने अध्यक्ष भोलनले जानकारी दिनुभयो ।

शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले ठूलो मानवीय क्षति पुर्योएको छ । नेपाल प्रहरीले दिएको पछिल्लो जानकारीअनुसार जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ । रूकुम पश्चिममा भने ५२ जनाको मृत्यु भएको हो ।  तीन वटै सुरक्षा निकायहरू परिचालन गरी जाजरकोट र रूकुम पश्चिममा उद्धार तथा खोजीको काम भइरहेको छ । रूकुम पश्चिममा ज्यान गुमाउनेहरूमा अधिकांश बालबालिकाहरू रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले प्रदान गरेको विवरणमा देखिन्छ । अहिलेसम्म प्राप्त विवरणअनुसार पहिचान भएका ३८ जनामध्ये २४ जना बालबालिकाहरू छन् । उद्धारको लागि तीन वटै सुरक्षा निकायको टोली घटनास्थलमा खटिएका छन् । अहिले उद्धारका लागि १२ सय भन्दा बढी सुरक्षाकर्मीहरू परिचालन गरिएका छन् । नेपाल प्रहरीले उद्धारका लागि सम्पर्क नम्बरहरू पनि सार्वजनिक गरेको छ । नेपाल प्रहरीले जाजरकोटका लागि ९८५८०७७३३३, ९८५८०५७१९०, ९८६८९३६६८, ९८४८१२२५८४ र ९८५८०५४०५० र रूकुम पश्चिमका लागि ९८५७८३७७७७, ९८६१०८७१३२, ९८५७८३५५५५, ९८५१२५८२१७, ९८५७८७२७७७, ९८४७९३६११३ र ९८५७८९०५५० नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया