विपी राजमार्गले देशको पुर्वि जिल्लाहरुलाई छोटो दुरिमा संघीय राजधानि काठमाडौँसँग जोडेको छ । विपी राजमार्ग अन्तर्गत सिन्धुलीमा झण्डै आधा दर्जन प्रहरी चेकपोष्टहरु रहेका छन् । कमलामाई – नगरपालिकामा मात्रै तीनवटा प्रहरी चेकपोष्ट रहेको छ भने गोलन्जोरमा दुई र सुनकोशीमा एउटा चेकपोष्ट छ । तर, तस्करहरुले यी सबै प्रहरी चेकपोष्ट कटाएर अवैद्य सामाग्री ओसारपसार गरिरहेको घट्ना सार्वजनिक भएका छन् । विपी राजमार्ग अन्तर्गत काभ्रेमा एकै दिन प्रहरीले १० क्विन्टल चिनि बरामद गरेको छ । सिन्धुलीको रुट हुदैँ गएको ती गाडीहरुमा क्विन्टलका क्विन्टल चिनि ओसारपसार हुनु सामान्य घट्ना होइन । तस्करले विभिन्न तिग्डम लगाएर राजमार्गमा अवैद्य सामाग्री ओसारपसार गर्दा समेत प्रहरीले भेउ नपाउनु आश्चर्यचकित विषय हो । तसर्थ, चेकजाँचलाई थप विश्वसनिय र कडा बनाउन जिल्ला प्रहरी कार्यालय सिन्धुली गम्भिर हुन जरुरी छ ।
तिहार आउन केहि समय बाँकी रहदा नेपाल–भारत सिमाना नजिक रहेका जिल्लाबाट प्रहरीले पटाकासहित मान्छे पक्राउ गरिरहेको छ । सिन्धुलीबाट नेपाल–भारतको सिमाना केहि किलोमिटरको दुरिमामात्र रहेकोले यहाँ निगरानि बढाउनुपर्ने देखिन्छ । त्यसैगरि, देशको पुर्वि जिल्लालाई काठमाडौँसँग जोड्ने विपी राजमार्गमा दैनिक सयौँ सवारीसाधन गुड्ने हुँदा चेकजाँचका नविनतम योजना ल्याएर अघि बढ्नतर्फ सम्बन्धित निकाय गम्भिर हुन आवश्यक छ । अतः विपी राजमार्गलाई लागुऔषध लगायत अवैध सामाग्री ओसारपसार गर्ने रुट बन्न नदिनकालागि सुरक्षा संयन्त्र थप सक्रिय हुन जरुरी छ ।