सिन्धुली– जिल्लाको फिक्कल गाउँपालिकाले लगानी भित्र्याउन अभियान संचालन गर्ने भएको छ । गाउँपालिकामा लगानीमैत्री वातावरण निर्माण गर्न अभियान संचालन गर्न लागिएको गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत डम्बर बहादुर रजन मगरले जानकारी दिनुभयो ।
लगानी भित्र्याई रोजगारी सिर्जना गर्न र गरीबी घटाउने तथा समृद्ध फिककल, सुखी फिककलवासी बनाउन अभियानको तयारी भइरहेको मगरले बताउनुभयो । साथै, फिक्कलका स्थानिय, उद्योगी, व्यवसायी तथा लगानीकर्ता र सरोकारवाला निकायलाई सल्लाह, सुझाव दिई अभियानलाई सफल बनाउन बिहिबार बिहान १० बजे फिक्कल गाउँपालिकाको सभाहलमा निमन्त्रणा गरिएको मगरले जानकारी दिनुभयो ।