सिन्धुली– दशैँ अवधिमा भएका सवारी दुर्घटनामा सिन्धुलीमा ३२ जना घाईते भएका छन् । घटस्थापना (असोज २८ गते) देखि (कार्तिक १०) दशैँ टिकाको दिन सम्म भएका १५ सवारी दुर्घटनामा चारजना बालकसहित ३३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जिवि दाहालले जानकारी दिनुभयो । उहाँको अनुसार दशैँकोे अवधिमा १० वटा मोटरसाइकल, दुईवटा कार/जिप र एक÷एक वटा टेम्पो र मिनि ट्रक दुर्घटनामा परेका छन । उक्त दुर्घटनामा परि दुईजना गम्भिर, ११ जना मध्यम र २० जना सामान्य घाईते भएको प्रहरी नायव उपरीक्षक दाहालले बताउनुभयो । उहाँले विगतका तुलनामा यस वर्षको दशैँ अवधिमा जिल्लामा कम दुर्घटना भएको बताउनुभयो ।
कात्र्तिक १ गते जिल्लाको तीनपाटन गाउँपालिका २ भिमस्थानस्थित सिन्धुली–चकमके भित्री सडक खण्डमा दुई मोटरसाइकल जुध्दा एकजना मध्यम घाईते भएका छन् भने चारजना सामान्य घाईते भएको डिएसपि दाहालले बताउनुभयो । दुर्घटनाग्रस्त एक मोटरसाइकलमा नाबालकसहित चारजना सवार थिए । त्यस्तै, कात्र्तिक २ गते सुनकोशी गाउँपालिका ६ स्थित भालुखोलामा काठमाडौँबाट रामेछाप जादै गरेको प्र.३–०१–०२२ च ९७७० नम्बरको कार आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजि २० मिटर तल झर्दा चालक सहित कारमा सवार छ जना मानिसहरु घाईते भएका छन् । चारजनाको अवस्था मध्यम छ भने दुईजना सामान्य घाईते भएको डिएसपि दाहालले बताउनुभयो ।
त्यसैगरि, कार्तिक ३ गते दुधौली नगरपालिकामा मोटरसाइकलको ठक्करबाट चार वर्षिय बालक गम्भिर घाईते भएका छन् । भित्रि सडक खण्ड अन्तर्गत दुधौलिबाट ठुलो लखनपुरतर्फ जादै गरेको प्रदेश १–०५–००१ प ५८०४ नम्बरको मोटरसाइकलले लक्ष्मि अधिकारीको चार वर्षिय छोरा साईमन अधिकारीलाई ठक्कर दिँदा बालक गम्भिर घाईते भएको डिएसपि दाहालले जानकारी दिनुभयो । दुधौली नगरपालिका ५ घारीथुम्सिका १८ वर्षिय सुदिप कुमरले चलाएको मोटरसाइकलले बाटोमा खेलिरहेको बालकलाई ठक्कर दिएको डिएसपि दाहालले बताउनुभयो । यता, चालकको दुबै हातमा सामान्य चोट लागेको छ भने उनको साथमा कागजपत्र नरहेको डिएसपि दाहालले जानकारी दिनुभयो ।
त्यस्तै, कार्तिक ४ गते जिल्लाको गोेलन्जोर गाउँपालिका ५ छब्बिसेमा रोकिरहेको गाडी गुड्किएर भित्तामा ठोक्किदा दुई जना घाईते भएका छन् । काठमाडौँबाट जनकपुरतर्फ आउदै गरेको ना १ ज ६९२५ नम्बरको विङगर गाडी तातिएपछि चालक पानी लिन जादाँ गाडी ३० मिटर तल गुड्किएर सडकको भित्तामा ठोकिएको डिएसपि दाहालले जानकारी बताउनुभयो । दुर्घटना हुदाँ उक्त गाडीमा सवार सर्लाहीको ईश्वरपुर नगरपलिका १ घर भई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी वरिष्ठ नायव निरिक्षक (वरिष्ठ सई) उमेश कुमार चौधरीको बाया हात फ्याक्चर भई मध्यम घाईते भएको डिएसपि दाहालले बताउनुभयो । सोही गाडीमा सवार महोत्तरीको भंगाहा नगरपालिका ९ का ३९ वर्षिय बसन्ती सिंहको दुवै घुडामा चोट लागेको र अवस्था सामान्य रहेको डिएसपि दाहालले जानकारी दिनुभयो । गाडीमा १४ जना सवार रहेकोमा अन्य १२ लाई केही नभएको उहाँले बताउनुभयो । सोहि दिन फरक फरक दुर्घटनामा तीन बालक घाईते भएका छन् । जिल्लाको सुनकोशी गाउँपालिका ५ स्थित मुल्कोटमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुईजना बालकसहित चारजना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मोटरसाइकल र बस एकआपसमा ठक्कर खाँदा दुई बालकसहित चारजना घाईते भएका छन् । काठमाडौँबाट ओखलढुंगातर्फ जादै गरेको बा.५.ख २६३७ नम्बरको बसले खाना खान होटल तर्फ मोड्ने क्रममा काठमाडौँबाट ओखलढुंगा तर्फ जादै गरेको बा.प्र.०३–०३० प ८२७३ नम्बरको मोटराइकललाई ठक्कर दिएको डिएसपि दाहालले जानकारी दिनुभयो । दुर्घटनामा मोटरसाइकल चालक ओखलढुगाको सुनकोशी गाउँपालिका ३ का २३ वर्षिय आकाश राईको शरीरको बिभिन्न भागमा चोट लागि गम्भिर घाईते भएका थिए । त्यस्तै, मोटरसाइकलमा सवार ४२ वर्षिय रामकुमार राई, ८ वर्षिय मुनाल राई र ६ वर्षिय ईनाल राई सामान्य घाइते भएको डिएसपि दाहालले बताउनुभयो ।
त्यस्तै, जिल्लाको दुधौली नगरपालिका दुधौली वडा नं.९ मा मोटरसाइकल र मिनी ट्रक एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार एक बालकसहित चारजना मध्यम घाईते भएका छन् । रुदलचोकबाट मदनभण्डारी राजमार्ग तर्फ जादै गरेको स ११ प ४७१६ नम्बरको मोटरसाइकल र ठुलो लखनपुरबाट दुधौली तर्फ आउदै गरेकोे बा ४ ख ९१९८ नम्बरको मिनी ट्रक एक आपसमा ठाकिएको डिएसपि दाहालले बताउनुभयो । मोटरसाइकल ट्रकसँग ठक्कर खाई उछिट्टिएर मदनभण्डारी राजमार्गबाट दुधौली बजार तर्फ आउदै गरेको मधेश प्र.०३–००२ ह २४८२ नम्बरको अटोमा ठोकिएको डिएसपि दाहालले बताउनुभयो । अटो र मिनि ट्रकमा सवार कसैलाई चोट नलागेको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा दुधौली नगरपालिका ८ का १९ वर्षिय मोटरसाइकल चालक रमेश चौहानको दुवै हात खुट्टा ढाडमा चोट लागेको छ । त्यस्तै, मोटरसाइकल पछाडी सवार २५ वर्षिय मनिषा चौहान, मनिषाको ८ वर्षिय छोरी प्रशंसा चौहान र दुधौली ७ की १६ वर्षिय तिजा अधिकारी मध्यम घाईते भएका छन् ।
त्यसैगरि, कात्र्तिक ९ गते कमलामाई नगरपालिका ४ स्थित खटारमा सिन्धुलीबाट मरीण जादै गरेको बा.प्र.०२–०२७प ८१३३ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउदै गरेको बा ७३प २२५८ नम्बरको मोटरसाइकल ठोकिंदा दुवै तीन जना सामान्य घाईते भएका छन् ।
बि.पि.राजमार्ग सडक खण्डमा कात्र्तिक १० गते काठमाडौँबाट सिन्धुली आउदै गरेको बा ४७ प ४८४२ नम्बरको मोटरसाइकलले पैदल यात्रिलाई ठक्क दिँदा एकजना वृद्ध घाईते भएकि छिन् । काभ्रेकि ६० वर्षिय बिष्णु माया तामाङ मध्उम घाइते भएको प्रहरीले जनाएको छ । त्यस्तै, मोटरसाइकलमा सवार दुईजना सामान्य घाईते भएको र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । सोहि दिन सुनकोशी गाउँपालिका २ कमेरे फाँट नजीक बि.पि.राजमार्गमा गाईघाटबाट काठमाडौँ तर्फ जाँदै गरेको प्र.३–०२–००३.प.५५११ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा काठमाडौँका श्याम लामा घाईते भएका छन् । त्यस्तै, सोहि दिन दुधौली नगरपालिका ६ स्थित कालापानीमा मोटरसाइकलले ठक्कर दिएर चालक फरार भएका छन् । धनसरी भित्री सडकमा झुगाबाट हर्षाही तर्फ जादै गरेको बा ३४ प ५४१५ नम्बरको मोटरसाइकलले पैदलयात्रि दुधौली नगरपालिका ६ हर्षाही का २०को बिबेक मोक्तानलाई ठक्कर दिएको डिएसपि दाहालले बताउनुभयो । उनको अवस्था मध्यम रहेको डिएसपि दाहालले बताउनुभयो ।