सिन्धुली – सिन्धुलीको रक्तमाला मन्दिर सिगारिन सुरु गरिएको छ । मन्दिरमा फुलपाति कार्यक्रमका लागि पुर्व तयारी सुरु गरिएको हो ।
कमलामाई नगरपालिका ४ ढकालगाउँमा रहेको रक्तमाला मन्दिरमा फुलपाती बढ़ाई कार्यक्रमको तयारी सुरु भएको रक्तमाला व्यवस्थापन समितिका अध्यक्ष तथा कमलामाई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले बताउनुभयो । आइतबार पंचेबाजा सहित जिल्ला प्रशासन कार्यालय सिन्धुलीले रक्तमाला मन्दिरमा जमरा राखेको उहाँ बताउनुहुन्छ । “हिजो घटस्थापनाको दिन जिल्ला प्रशासन कार्यालय पंचेबाजा सहित मन्दिरमा जमरा राखेको छ । माननिय साथै स्थानियको उपस्थितिमा जमरा राख्ने कार्यक्रम भयो । प्रत्येक घरमा विधिवत रुपमा जमरा राख्न नसकिने हुनाले बौधिक विधि अनुसार सामुहिक रुपमा जमरा राखिएको छ । अब फुलपाति बडाइ कार्यक्रमको तयारी गरिरहेका छौँ ,” उहाँले भन्नुभयो ।
हाल मन्दिर प्रवेश गर्ने द्धवार साथै मन्दिर क्षेत्र सरसफाइ गर्ने काम भइरहेको छ । विभिन्न संघसंस्थाको सहयोगमा सिन्धुलीमाढीको बसपार्क देखि खट्टार सम्म प्रवेश द्धवार निर्माण गर्ने कार्य भइरहेकोे अध्यक्ष ढकालले बताउनुभयो । बडा दशैमा विशेष पूजा गरिने भएकाले प्रहरी लगाएत स्थानिबासीको सहभागितामा मन्दिर परिसरमा सरसफाई सुरु गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार सिन्धुलीमाढीको धुराबजार देखि साङबाले सम्म ठाउँठाउँमा गेट निर्माण गरिने छ । मन्दिर सम्म पुग्ने सडकको समेत सरसफाइ गरिने छ । फुलपातीको दिन सम्म रक्तमाला मन्दिर बेहुली जस्तै सिगारिने अध्यक्ष ढकालको भनाइ छ । नेपाली सेना, शसस्त्र प्रहरी, स्थानिबासी, विभिन्न क्लबले मन्दिर परिसरमा सरसफाई गरिरहेका छन् ।
फुलपातीको दिन प्रत्येक वर्ष रक्तमाला मन्दिरमा फुलपाती बडाई कार्यक्रम हुदै आएको छ । यस वर्ष पनि भव्य रुपमा फुलपाती बढ़ाई कार्यक्रमको तयारी भइरहेको ढकालले बताउनुभयो । “हरेक वर्ष हुदै आएको फुलपाती बडाइ कार्यक्रम यस वर्ष अझ धेरै भव्य तरिकाले मनाउने तयारी हामीले गरेका छौैँ” उहाँले भन्नुभयो । यस वर्ष फुलपाती वडाइ कार्यक्रमको प्रमुख अथिति बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका बहादुर सिं लामा आउने अध्यक्ष ढकालले जानकारी दिनुभयो । पम्परालाई अक्षुण्ण राख्ने हेतुले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र भक्तजनको उल्लासमय उपस्थितिमा फुलापती परिक्रमा गरि भव्य समारोह बिच सलामी दिनुका साथै साँस्कृतिक कार्यक्रम हुने उहाँले बताउनुभयो । साथै उहाँले कार्यक्रममा उपस्थिति भइ कार्यक्रम सफल बनाउन सम्र्पणलाई अनुरोध गर्नुभयो । “हामीले यस वर्ष भव्य तरिकाले फुलपाती वडाइ कार्यक्रम गर्ने भएकाले सम्पूर्णलाई उपस्थिति भइदिन अनुरोध गर्दछु । कार्यक्रममा उपस्थित भइ सोभा बढाइ दिनुहुने छ भन्ने आशा गरेको ,” उहाँले भन्नुभयो ।