उदयपुर – जिल्लाको उदयपुर गढी गाउँपालिका वडा नं ७ स्थित अधेरी भन्ने ठाउँमा काठमाडौँबाट झापा जाँदै गरेको हायस गाडी दुर्घटना भएको छ । सोमबार दिउँसो १ः३० बजे भएको सो दुर्घटनामा घाइते भएका १८ जना मध्ये २ जनाको अवस्था गम्भीर भएकोले थप उपचारका लागि विराटनगर पठाइएको छ । घाइतेहुने हायस चालक सिन्धुली सुनकोशी ५ बस्ने वर्ष २३ को सागर ठकुरी अचेत अवस्थामा रहेकोले थप उपचारका लागि विराटनगर स्थित न्युरो अस्पताल रेफर गरिएको छ ।
बाग्मती प्रदेश ०१ ००४ क २०७६ नं को हायस गाडीको पछाडि बाया तर्फको टायर खुस्किएर अनियन्त्रित भै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले बताउनुभयो ।
टायर खुस्किएर अनियन्त्रित भएको गाडी ५ मिटर तल खसेर सालको रुखमा ठोक्किएर दुर्घटना भएको र घाइतेहरुलाई उदयपुर जिल्ला अस्पताल गाईघाटमा भर्ना गरिएको सूचना अधिकारी चौधरीले बताउनुभयो । ।