सिन्धुली– सिन्धुलीको सुनकोशी गाउँपालिकामा एक वृद्ध महिला मृत फेला परेकि छन् । सुनकोशी १ स्थित आँपघारीमा ७२ वर्षिय पदम माया नेपाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपि) चिरञ्जीवि दाहालले जानकारी दिनुभयो ।
ढुंगा माटोले बनेको दुई तले कच्ची घरको कोठामा वृद्ध मृत फेला परेकि हुन् । मृतक उक्त घरमा एक्लै बस्दै आएको स्थानियले बताएका छन् । वृद्धको अवस्थाका बारेमा स्थानियले काठमाडौँमा रहेका उनका छोराहरुलाई खबर गरेपछि उनीहरु घट्नास्थलमा आएका थिए । शरिरमा ६ ओटा धान राखेको बोराले थिचिएको अवस्थामा वृद्ध मृत फेला परेको भनी मतृकको ५ जना छोराहरू मध्य ५५ वर्षिय कृष्ण बहादुर नेपाल र ४२ वर्षिय माधव कुमार नेपालले प्रहरीलाई खबर गरेका थिए । आज (आइतबार) बिहान १ बजे खबर प्राप्त गर्नासाथ ईलाका प्रहरी कार्यालय खुर्कोटको टोली घट्नास्थलमा पुगेको डिएसपि दाहालले बताउनुभयो । शव सडे गलेको अवस्थामा फेला परेको प्रहरीले बताएका छ । गत असोज १८ गतेदेखि आमासँग फोन सम्पर्क नभएको मृतकका छोराहरुले बताएका छन् ।
मृत्युको कारण भने खुल्न सकेको छैन । शवलाई पोष्टमार्टमका लागि काठमाडौँ स्थित टिचिङ अस्प्ताल लगिएको डिएसपि दाहालले बताउनुभयो ।