सिन्धुली– सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा श्रीमानको कुटाईबाट श्रीमति गम्भिर घाइते भएकि छिन् । गत मंगलबार जिल्लाको हरिहरपुरगढी गाउँपालिका ३ स्थित रानीपोखरीमा ४५ वर्षिया विरबहादुर राईले ३५ वर्षिया श्रीमती रिता राईलाई कुटपिट गरि गम्भिर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जिवि दाहालले जानकारी दिनुभयो । विर बहादुरले श्रीमती रिताको अनुहार र टाउकोमा चिर्पटले प्रहार गरेको डिएसपी दाहालले बताउनुभयो । उनलाई प्रहरीले पक्राउ गरिसकेको र ईलाका प्रहरी कार्यालय कपिलाकोटमा हिरसातमा राखिएको डिएसपि दाहालले जानकारी दिनुभयो ।
विर बहादुले मादक पदार्थ सेवन गर्ने गरेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा विर बहादुरले आफूलाई कसैले छोपेको र रिसको झोकमा श्रीमतीलाई चिपर्ट प्रहार गरेको बताएका छन् । घाईत राईको भक्तपुरस्थित पुरानो मेडिकल कलेजमा आईसियुमा राखेर उपचार भइरहेको छ । उनको अवस्था सुधारन्मुख रहेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रवक्ता डिएसपि दाहालले जानकारी दिनुभयो ।