बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीका पौडेलमाथि खुकुरी प्रहार

मंगलवार , आश्विन २३, २०८०

सिन्धुली– सिन्धुलीका एकजना युवामाथि झापामा खुकुरी प्रहार भएको छ । सोमबार काठमाडौँबाट यात्रु लिएर काँकरभिट्टातर्फ आईरहेको हायसका सहचालक माधव पौडेलमाथि खुकुरी प्रहार भएको हो । सिन्धुलीको गोलन्जोर गाउँपालिका ४ का २१ वर्षिय पौडेलमाथि अज्ञात समुहले खुकुरी प्रहार गरेको झापा प्रहरीले जनाएको छ ।झापाको कमल गाउँपालिकास्थित केर्खाको बस बिसौनीमा अज्ञात व्यक्तिले सहचालक पौडेलमाथि खुकुरी प्रहार गरेर सख्त घाइते बनाएको प्रहरीले जनाएको छ । यात्रु ओराल्न रोकिएको बेला सहचालकमाथि एक्कासी खुकुरी प्रहार भएको हायसका चालकले बताएका छन् । चालक भने सुरक्षित छन् ।

बा ४ ख २९६५ नम्बरको उक्त हायसका घाइते कर्मचारी पौडेलको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । पौडेलको घाँटी र डढेल्नोमा गहिरो चोट लागेको छ । काठमाडौँबाट झापाको केर्खासम्म आएका पुरुष यात्रुले हायसका सहचालक पौडेलसँग दिउँसोदेखि नै विवाद गरिरहेको एक प्रत्यक्षदर्शिले बताएका छन् । उनैले साथी बोलाएर सहचालकमाथि धारिलो हतियारले आक्रमण गरेको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ । इलाका प्रहरी कार्यालय दमक, प्रहरी चौकी केर्खा र इलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोलीले आक्रमणकारीको खोजी कार्य शुरु गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया