सिन्धुली– सिन्धुलीका नवराज धामी आधा केजी बढि सुनसहित पक्राउ परेका छन् । सोमबार त्रिभुवन विमानस्थलबाट धामीको साथमा रहेको ५१० ग्राम सुन बरामद गरिएको हो । धामी मलेसियाबाट मलेसियन एयरलाइन्समा नेपाल आएका थिए ।
सोमबार दिउँसो ५१० ग्राम सुनसहित धामीलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार प्रमुख डा. टोकराज पाण्डेले बताउनुभयो ।
पाण्डेका अनुसार उनीमाथि शंका लागि चेकजाँच गर्दा टीभीभित्र लुकाई छिपाई काचो सुन ल्याएको पाइएको हो । उनीमाथि अनुसन्धान जारी रहेको कार्यालयले जनाएको छ ।