सिन्धुली जिल्ला स्थित शुभ जिवन हस्पिटलका लागि तपशिलका प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुको आवश्यकता भएकोले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्रमा आफ्नो शैक्षिक प्रमाणपत्रको प्रतिलिपि र कार्यानुभवको कागजात सहित निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिन्छ ।
१) मेडिकल अफिसर (महिला): १ जना, मान्यता प्राप्त संस्थाबाट MBBS उत्र्तिण गरि NMC पास गरेको, न्यूनतम २ वर्ष काम गरेको ।
२) नर्सिंग प्रमुख (महिला) (BN, BSC): १ जना, मान्यता प्राप्त संस्थाबाट नर्सिंगमा BN वा BSC उत्तिर्ण र काउन्सिलमा दर्ता भएको, नर्सिंग प्रमुख वा सहायक नर्सिंग प्रमुख भई न्युनतम दुई वर्ष काम गरेकोे ।
३) नर्सिंग स्टाफ (SN): केहि, मान्यता प्राप्त संस्थाबाट नर्सिंंग उत्तिर्ण गरी काउन्सिल पास गरेको, प्रसुती विभाग, आई.सी.यू र एन.आई.सी.यू मा न्युनतम २ वर्ष काम गरेको ।
४) एच.ए. (HA): (महिला १, पुरुष १): २ जना, मान्यता प्राप्त संस्थाबाट उत्र्तिण भई काउन्सिलमा दर्ता भएको, न्यूनतम २ वर्ष ईमरजेन्सिमा काम गरेको ।
५) वि.एम.एल.टी (BMLT): १ जना, मान्यता प्राप्त संस्थाबाट उत्र्तिण भई काउन्सिलमा दर्ता भएको, प्याथोलोजी विभागमा न्यूनतम २ वर्ष काम गरेको ।
६) सी.एम.एल.टी (CMLT): १ जना, मान्यता प्राप्त संस्थाबाट उत्र्तिण भई काउन्सिलमा दर्ता भएको, प्याथोलोजी विभागमा न्यूनतम २ वर्ष काम गरेको ।
७) डि फर्मा (D PHARMA): १ जना, मान्यता प्राप्त संस्थाबाट उत्र्तिण भई काउन्सिलमा दर्ता भएको , अस्पताल फार्मेसीमा न्यूनतम २ वर्ष काम गरेको ।
८) एक्स–रे टेक्निसियन: २ जना, मान्यता प्राप्त संस्थाबाट रेडियोलोजीमा डिप्लोमा उत्र्तिर्ण गरेको, CR तथा DR कक्षमा रही न्यूनतम २ वर्ष काम गरेको ।
९) रिसेप्सनिस्ट/क्यासियर: २ जना, मान्यता प्राप्त संस्थाबाट १०+२ उत्र्तिण गरेको, कम्युटर सहित हस्पिटल सफ्टवेयर चलाउन जान्ने र २ वर्ष काम गरेको ।
१०) हाउस किपिंग (सरसफाई): ३ जना, साधारण लेखपढ गर्न जान्ने, कुनैपनि अस्पतालमा न्यूनतम ६ महिना काम गरेको ।
११) सुरक्षा गार्ड: २ जना, सेना, प्रहरीबाट अवकाश प्राप्त, कुनै पनि कम्पनिमा न्यूनतम ६ महिना काम गरेको ।
थप जानकारीकालागि सम्पर्कः ९८४१३४०५२२, ९८४२०३८५५१ निवेदनको फाईल बुझाउने ठाउँः मुस्कान होटल, कमलामााई नगरपालिका, ढुंग्रेवास, राम्माढी, सिन्धुली