बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सुनको मूल्यमा निरन्तर गिरावट, कतिमा हुँदैछ कारोबार ?

सोमवार , आश्विन १५, २०८०

काठमाडौं, १५ असोज - केहि दिनयता नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ८ हजार रुपैयाँमा कारोबार भएकोमा आज एक सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ७ हजार ९ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ४ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३४० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया