बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सेन्ट्रल फाइनान्सको रक्तदान कार्यक्रम

शुक्रवार , आश्विन १२, २०८०

सिन्धुली– सेन्ट्रल फाईनान्स लिमिटेड डकाहा शाखाले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सेन्ट्रल फाईनान्सले दुधौली नगरपालिका वडा नम्बर ४ स्थित सरस्वती क्याम्पसमा रक्तदान कार्यक्रम आयोजना गरेको डकाहा शाखाका प्रमुख दिपेश पाण्डेले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी सिर्थौली उपशाखाको प्राबिधिक सहयोग, इलाका प्रहरी कार्यालय डकाहा र दुधौली नगरपालिका वडा नम्बर ४ को कार्यालयको समन्वयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २४ जनाले रगत दान गरेको पाण्डेले बताउनुभयो ।

शाखा प्रमुख पाण्डेले सेन्ट्रल फाईनान्स लिमिटेडले वित्तीय कारोबारसँगै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । सेन्ट्रल फाइनान्सले नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २६ वर्षदेखि बैंकिंग सेवा दिँदै आएको छ । सिन्धुलीको डकाहामा भने २०७७ असोजमा शाखा संचालन गरिएको प्रमुख पाण्डेले बताउनुभयो । उक्त संस्थाको १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एक एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् । कमलामाई नगरपालिका ९ स्थित भिमानमा पनि सेन्ट्रल फाईनान्सको शाखा रहेको पाण्डेले बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया