सिन्धुली– सिन्धुलीको सुनकोशी गाउँपालिका ३ स्थित बोहोरेटारमा विद्युतिय गाडी दुर्घट्ना हुँदा १० जना शिक्षक घाईते भएका छन् । शुक्रबार बिहान विपी राजमार्गमा विद्युतिय गाडी दुर्घट्ना हुँदा शिक्षक आन्दोलनमा सहभागि हुन सिन्धुलीबाट काठमाडौँ हिँडेका १० जना शिक्षक घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । जिल्लाको कमलामाई नगरपालिका ८ का २६ वर्षिया तेज बहादुर कार्कीले चलाएको म.प्र. ०४ ००१ ज. ००६२ नम्बरको विद्युतिय गाडी आफैँ अनियन्त्रीत भई वायाँ साईडको नालीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जिवि दाहालले जानकारी दिनुभयो ।
दुर्घट्नामा कमलामाई नगरपालिकाका छजना र तीनपाटनका दुईजना शिक्षक घाइते भएका छन् । दुर्घट्नामा ११ वर्षिया बालक सहित एक गर्भवति महिलापनि घाईते भएको डिएसपि दाहालले बताउनुभयो । गाडी दुर्घट्नामा एकजना गम्भिर घाइते भएका छन् भने आठजना मध्य र एकजना सामान्य घाइते भएको डिएसपि दाहालले बताउनुभयो । घाइते १० जनालाईनै धुलिखेल अस्पताल पठाइएको दाहालले जानकारी दिनुभयो । दुर्घट्नामा कमलामाई नगरपालिका वडा नम्बर १ का ३५ वर्षियो मुकुन्द थापाको अवस्था गम्भिर रहेको डिएसपि दाहालले बताउनुभयो । थापाको टाउकोमा चोट लागेको छ ।
त्यस्तै, काभ्रेको बनेपा नगरपालिका वडा नं. १० कि ४० वर्षिया गर्भवति महिला मध्यम घाइते भएकि छिन् । गर्भवति गार्की बस्नेतको शरीरको विभिन्न भागमा चोट लागेको छ । त्यसैगरि, कमलामाई नगरपालिका वडा नं. ६ का ४६ वर्षिया निर कुमार चालिसेको दुवै हात भाच्चेको छ भने शरीरको विभन्न भागमा चोट लागेको डिएसपि दाहालले बताउनुभयो । उनको अवस्था मध्यम रहेको छ । कमलामाई नगरपालिका वडा नम्बर ५ का ४६ वर्षिया कमला घिमिरेको बायाँ हात र ढाडमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ ।
तिनपाटन गाउँपालिका १० का ४० वर्षिया राजन कार्कीको दाहिने हात र बायाँ खुट्टा भाँचेको छ । तीनपाटन गाउँपालिका वडा नम्बर १ का ४१ वर्षिया भुवन थापाको टाउको र ढाडमा चोट लागेको छ । कमलामाई नगरपालिका वडा नम्बर ४ बस्ने ४० वर्षिया बबिता देवकोटाको अनुहारमा चोट लागेको छ । कमलामाई नगरपालिका वडा नं. ६ बस्ने ४६ वर्षिया बिष्णु ढकालको अनुहारमा चोट लागेको छ । ढकालको ११ वर्षिया छोरा निश्चल ढकालको अनुहारमा चोट लागेको छ । कमलामाई नगरपालिका ६ का ४० वर्षिया सरोज थापाको बायाँ खुट्टामा चोट लागेको छ भने अवस्था सामान्य रहेको छ ।