बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा वक्तृत्वकला प्रतियोगिता

बिहिवार , आश्विन ११, २०८०

सिन्धुली, – बुधवार ९ औं विश्व स्कुल दुध दिवस सिन्धुलीमा पनि मनाईएको छ । दिवसको अवसरमा नेपाल डेरी एसोसिएसन जिल्ला समिति सिन्धुलीले विद्याश्रम अंग्रेजी माध्यमिक बिद्यालयका विद्यार्थीहरुमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको गरेको छ ।

‘स्वस्थ जिवनको लागि दूध तथा दुग्धजन्य पदार्थको महत्व’ शिर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ मा अध्ययनरत बेन्जु घिमिरेले प्रथम हुदै दुई हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्रप्त गर्नु भएको छ । कक्षा १० मा पढ्ने स्मीता भुजेलले द्धितीय हुदै एक हजार पाँच सय नगद पुरस्कार सहित प्रमाणपत्र, कक्षा ८ मा पढ्ने अनिशा मंग्रातीले तेस्रो हुदै एक हजार नगद पुरस्कार सहित प्रमाणपत्र र कक्षा ९ मा पढ्ने अविरल पहाडी र समीक्षा रायमाझीले सान्त्वना स्थान जित्दै पाँच सय नगद पुरस्कार सहित प्रमाणपत्र पाउनु भएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । प्रतियोगितामा छात्रछात्रा गरी १२ जना विद्यार्थीले सहभागीता जनाएका थिए ।

विजेता विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश सभा सदस्य छेत्र बहादुर वम्जन, विशिष्ट अतिथि कमलामाई नगरपालिका प्रमुख उपेन्द्र कुमार पोखरेल, कमलामाई नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष महेन्द्र ढकालले पुरस्कार वितरण गर्नुभएको थियो ।

दिवसकै अवसरमा विद्याश्रम अंग्रेजी माध्यमिक बिद्यालयका विद्यार्थीहरुलाई दुध,दही, खुवा र मिठाई खुवाएर दिवस मनाएको हो । दिवसको अवसरमा विद्याश्रममा कक्षा नर्सरी देखि ५ कक्षा सम्मका विद्यार्थीलाई दुध, ५ कक्षा देखि १० कक्षा सम्मका विद्यार्थीलाई दही, खुवा र मिठाई खुवाएको नेपाल डेरी एसोसिएसन जिल्ला समिति सिन्धुली अध्यक्ष बलराम अधिकारीले जानकारी दिनुभयो ।

नेपाल डेरी एसोसिएसन जिल्ला समिति सिन्धुलीको आयोजना एवं सरोकारवाला कृषि वजार व्यवस्थापन समिति सिन्धुली, राजदेवि कृषि पशुपालन दुग्ध उत्पादक सहकारी संस्था लि. सिन्धुलीको सहकार्यमा वतृत्वकला प्रतियोगिता आयोजना गरिएको जनाईएको छ ।

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीका कार्यालय प्रमुख डा. पर्वत न्यौपाने, सिन्धुली उद्योग वाणिज्य संघका महासचिव राजकुमार राज भण्डारी , कृषि वजार व्यवस्थापन समित सिन्धुली का अध्यक्ष प्रयागराज खतिवडा , सोहि विद्यालयका प्रिन्सिपल पोषक पौडेल लगायत डेरी व्यवसायी,दुग्ध क्षेत्रका सहकारीकर्मी, शिक्षक विद्यार्थीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया