बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

मरिण गाउँपालिका वडा नं. २ मा विजुली

बुधवार , आश्विन १०, २०८०

सिन्धुली, – सिन्धुलीको मरिण गाउँपालिका वडा नं. २ को आधा दर्जन बढी गाउँमा विजुली बत्ति पुगेको छ । स्थानिय नागरिक, वडा कार्यालय र गाउँपालिकाको विशेष पहलमा वडा नं. २ को आधा दर्जन बढी गाउँमा विजुली बत्ति पुगेको हो ।

वडा नं. २ को रातमाटामा मंगलवार आयोजित एक कार्यक्रमका बिच मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले ट्रान्समिटरको फ्यूज जोडेर राष्ट्रिय प्रशारण लाईनको बिजुली बत्तिको उद्घाटन गर्नुभएको छ ।

बर्षौ देखि बिजुली बत्ति नपुगेको वडा नं. २ को सिन्दुरेदोभान, बर्खे, जल्केनी, पाङ्ग्रे डाडा, रातमाटा, ढाँडपाखा, सिजाली डाडा, कटुन डाडा, हात्तिगौडा लगाएतका ठाउँका २ सय ९० घरधुरीमा बिजुली बत्ति पुगेको वडा २ का वडा अध्यक्ष कमल बहादुर आलेमगरले बताउनुभयो ।

बर्षौ देखि ठेकेदार कम्पनीको लापरवाहीले बिजुली बत्ति विस्तारमा ढिलाई भएको थियो । वडा कार्यालय, गाउँपालिकाको समन्वयमा स्थानिय नागरिक आफैले झन्डै दुई महिना जनश्रमदान गरेर गाउँमा बिजुली बत्ति पुर्याएको वडाअध्यक्ष आलेमगरले बताउनुभयो ।

गाउँमा मेनलाईन र शाखा लाइर्नमा तार, पोल विस्तार भईसकेको र घरमा जडान गर्न मिटर ल्याउने काम भईरहेको वडाअध्यक्ष आलेमगरको भनाई छ । अहिले सम्म ९२ थान मिटर आइसकेको र ल्याउन बाँकीले घरधुरीले वडा कार्यालयबाट सिफारिस बनाएर लगि रहेका वडा अध्यक्ष आलेमगरले बताउनुभयो । ‘आज हामीले मेनलाईनमा बिजुली पुर्‍ याएर उद्घाटन गरेका छौं । अहिले गाउँका नागरिकले धमाधम वायरिङको काम गरी रहेका छन् । मिटर ल्याउने काम पनि भईरहेको छ । दशैं अघि सबैको घरमा बिजुली बल्छ’ वडाअध्यक्ष आलेमगरले भन्नुभयो ।

बर्षौको पर्खाइ पछि गाउँमा बिजुली बत्ति पुगेपछि स्थानिय हर्षित भएका छन् । बर्षौ देखि सोलारको भरमा दैनिकी गुजरा चलाउदै आउनुभएकी वडा नं. २ रातमाटाका निशा गुर्मछान बिजुली बत्ति पुगेपछि विहान बेलुका बत्ती बाल्न, बालबालिकाहरुलाई पढ्न र घरायसी विभिन्न मेसिनहरु प्रयोग गर्न सहज हुने बताउनुहुन्छ ।

गाउँमा बिजुली पुगेपछि विद्यालयका आधुनिक प्रबिधिका मेसिन उपकरण चलाउन धेरै सजिलो हुने माध्यमिक विद्यालय रातमाटाका प्रधानाध्यापक जित बहादुर गुर्मछानले बताउनुभयो । ‘स्कुलको कम्प्युटर, आईसिटीका मेसिन बर्षौ देखि चलाउन असहज भईरहेको थियो । सोलारको भरमा चाहे जती यसको प्रयोग गर्न पाईएको थिएन । अब बिजुली आएको छ । स्कुललाई धेरै सहज हुन्छ’ उहाँले भन्नुभयो ।

बिजुली बत्ति उद्घाटन गर्दै मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान(प्रख्यात)ले जनयुद्धमा परेड खेलेको गाउँमा आफैले उद्घाटन गरेर विजुली बत्ति बाल्न पाउदा मन हर्षित भएको बताउनुभयो । ‘धेरै मेहनत गरेर अहिले यस गाउँमा विजुली बत्ति ल्याउन सफल भएका छौं । वडा अध्यक्ष ज्यू, यहाँका नागरिकहरु, बुद्धिजीवि सबैको सहयोग र एकतामा बिजुली बत्ति ल्याउन सक्यौं’ उहाँले भन्नुभयो ।

उहाँले दशैं अघि पालिकाको करिव ९० प्रतिशत घरधुरीमा बिजुली बत्ति पुर्याउन आफुँले निक्कै मेहनत गरी रहेको बताउनुभयो

प्रतिक्रिया