बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते

मंगलवार , आश्विन ९, २०८०

सिन्धुली – सिन्धुलीमा मोटरसाईकलले बसलाई ठक्कर दिदा २ जना घाईते भएका छन । बिपी राजमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका वडा नं. ५ माथिल्लो बारामा आज दिउसो दोलखाबाट बिरगन्ज तर्फ जांदैगरेकोे बा.४.ख ५८०९ नम्बरको बसले बिपरित दिशाबाट काठमाडौँ तर्फ जांदै गरेकोे प्र.२–०१–००१ प १४३१ नम्वरको मोटर साइकललाई ठक्कर दिई दुर्घटना हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घाईतेहुनेमा मोटरसाइकले चालक सिराहा अर्नमा गाउँपालिका वडा नं.३ बस्ने बर्ष ३५ को संजय कुमार सिंह र मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने २५को वर्षीय महेश कुमार दास रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरीक्षक चिरन्जीवी दाहालले बताउनुभयो ।

ठक्करबाट मोटरसाइकल चालक सिंहको शरीरका दाहिने खुट्टा,निधार र टाउकोमा र मोटरसाइकल पछाडी सवार दासको हात,खुट्टुा र टाउकोमा चोट लागेको र अवस्था सामान्य रहेको प्रनाउ दाहालले बताउनुभयो । घाईते दुबै जनालाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको उहाँले जानकारी दिनु भयो ।

बस चालक सिन्धुपाल्चोक चौतारा सांगाचोकगढी नगरपालिका वडा न.७ बस्ने बर्ष ४० को चित्र दुलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया