बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा झण्डै तीन लाखको अवैद्य चिनि बरामद

सोमवार , आश्विन ८, २०८०

सिन्धुली– सिन्धुली प्रहरीले आइतबार झण्डै तीन लाख बराबरको अवैद्य चिनि बरामद गरेको छ । जिल्लाको कमलामाई नगरपालिका ९ भिमानबाट बा ५ ख १७०३ नम्बरको ट्रकमा ५० केजिको ४९ वटा बोरा अवैद्य चिनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

सर्लाहीबाट दोलखातर्फ जादै गरेको ट्रकमा लुकाई छिपाई ल्याएको झण्डै दुई लाख ४५ हजार रुपैँया बराबरको भारतीय चिनी बरामद गरिएको डिएसपि दाहालले बताउनुभयो । विपी राजमार्गस्थित भिमानमा नायव निरिक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर १ का ३० वर्षिय ट्रक चालक कुमार थालीले चलाई ल्याएको ट्रकमा अवैद्य चिनि फेला परेको हो ।

विलविजक नभएकोले ट्रक र चालकलाई नियन्त्रणमा लिई सोमबार आवश्यक कारवाहीको लागि धनुषाको आन्तरिक राजश्व कार्यालय जनकपुरमा पठाइएको दाहालले बताउनुभयो ।

प्रतिक्रिया