बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सुनकोशीमा विपद् खोज उद्धार अभ्यास

शनिवार , आश्विन ६, २०८०

सिन्धुली – जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुलीले बिपदमा खोज तथा उद्धारका लागि अभ्यास कार्यक्रम गरेको छ । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेशसँगको सहकार्यमा सिन्धुलीको गोलञ्जोर गाँउपालिका ७ खुर्कोट स्थित सुनकोशी नदीमा डेमो प्रस्तुत गरेको हो ।

डेमो प्रस्तुत गर्ने क्रममा सशस्त्र प्रहरी बल तथा नेपाली सेनाले सुनकोशीमा सवारी दुर्घट्ना भई सवारी डुब्दा कसरी उद्धार गर्ने नदीमा बगाएकालाई कसरी उद्धार गर्ने तथा नदीमा ङुंगा पल्टिएमा उद्धारमा तत्कालै कसरी जुट्ने भन्ने सन्दर्भमा ज्ञानबद्वर्कअभ्यास गरेर देखाएको थियो ।

बिपद पुर्व तयारी गरेर नआउने भएकाले पुर्व अभ्यास गरि बिपदमा उद्धार टोलीलाई तत्कालै उद्धार गर्न तयारी अवस्थामा राख्नका लागि डेमो प्रस्तुत गरेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनु भयो । डेमोमा नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले तत्कालै प्राथमिक उपचार गर्ने अभ्यास गरेर देखाएको थियो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिको उपप्रमुख शान्ता कार्कीले बिपदमा उद्धार अभ्यासले विपद्मा उद्धार गर्ने तयारी अवस्थालाई जनाउने भन्दै त्यसले सिन्धुलीबासीलाई सहज हुने बताउनुभयो ।

प्रतिक्रिया