बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा सर्पले डसेर महिलाको मृत्यु

बिहिवार , आश्विन ४, २०८०

सिन्धुलीको दुधौली नगरपालिकामा सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ । बुधबार सर्पले डस्दा दुधौली नगरपालिका ६ स्थित हर्षाहीकि ६५ वर्षिया जानुकी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो । मृतक माझीलाई घाईते अवस्थामा उनकै बुहारीले भेटेपछि तत्काल उपचारको लागि दुधौली सर्पदंश अस्पताल लगिएको थियो । अस्पताल पुर्योएको केहि समयपछि चिकित्सकले माझीलाई मृत घोषणा गरेको थियो । मृतक माझीको दायाँ हातको साईली औलामा सर्पले डसेको डाम देखिएको प्रवक्ता प्रहरी नायव उपरिक्षक दाहालले बताउनुभयो । माझीको शव आफन्तले बुझि सकेको प्रवक्ता दाहालले बताउनुभयो ।

चालु वर्षको पाँच महिनामा सिन्धुलीमा सर्पले डसेर चारजनाको मृत्यु भएको छ । गत जेठ १५ गते सर्पले टोकेर दुधौली नगरपालिका १ कुर्थौका एउटै घरका दुई बालकको मृत्यु भएको थियो । स्थानिय गणेश पहाडीका १३ बर्षिय छोरा ग्रिस पहाडी र ३ बर्षिय छोरा ग्रिस्म पहाडीको सुतेकै ठाँउमा सर्पले टोकेर मृत्यु भएको हो । त्यस्तै, गत जेठ २६ गते आफ्नै घरको पेटिमा हिड्ने क्रममा सर्पले डस्दा दुधौली नगरपालिका १० कि ६२ बर्षिय शिव कुमारी कार्कीको मृत्यु भएको हो । त्यस्तै, पाँच वर्षको अवधिमा सर्पले डस्दा सिन्धुलीमा झण्डै ५० जना बढि घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांकमा छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया