सिन्धुली – सिन्धुलीको दुधोलीमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुधौली नगरपालिका– ६ हर्षाही निवासी अन्दाजी ६५ वर्षीया जानुकी माझी रह्को जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
उनलाई बुधवार बेलुकी घरमै विषालु सर्पले डसेको थियो । सर्पको डसाईबाट घाइते अवस्थामा निजको बुहारीले भेटी तत्काल उपचारको लागि दुधौली सर्पदशं हस्पिटल लगिएकोमा चिकित्सकले मृत्युभईसके घोषणा गरेका थिए । निजको दायाँ हातको साईली औलामा सर्पले (टोके को) डसेको डाम भएको प्रहरीले जनाएको छ ।