सिन्धुली – सिन्धुलीमा लागु औषध सहित चार जना पक्राउ परेका छन् । कमलामाई नगरपालिका वडा नम्बर ६ माझिटार चेकपोष्ट स्थित वि.पि. राजमार्गमा प्रहरी कार्यालय सिन्धुलीबाट खटीएको प्रहरी टोलीले सवारी चेकजाच गर्नेक्रममा लागुऔषध सहित इन्डियन गाडि नियन्त्रणमा लिएको हो ।
बुधवार दिउसो सर्लाहीबाट काठमाडौँ तर्फ जादै गरेको एच आर १० एस ३०५६ नम्बरको ईन्डियन गाडिलाई चेकजाँच गर्ने क्रममा लागु औषध फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक चिरन्जीवी दाहालले बताउनुभयो । इन्डियन गाडी भित्र नाइट्रोभेट–१० लेखिएको लागु औषध दुई सय पत्तामा (प्रति पत्ता ३० ट्याब्लेट) जम्मा छ हजार ट्याब्लेट,डाएलेक्स–डिसि लेखिएको एक सय एमएल को सात सय उन्नान्चास बोतल फेला पारेको प्रनाउ दाहालले जानकारी दिनुभयो ।
सो गाडिमा सवार चारै जनालाई पक्राउ गरिएको छ । पक्राउपर्नेमा गाडि चालक सर्लाही मलङ्गवा नगरपालिका वडा नं.१० का २२ वर्षिय लक्ष्मी पण्डित, सर्लाही कोडैना गाउँपालिका वडा नं. ६ का २० वर्षियको सुनिल कुमार यादव, मलङ्गवा नगरपालिका वडा न. १ का २० वर्षिय नितेश कुमार यादव र धनुषा मिथिला नगरपालिका वडा नं. ३ का २८ वर्षिय पशुपति लामालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।