सिन्धुली – सिन्धुलीकोे मरिण गाउँपालिका–३ मा आगोले जलेर एक जना नावालख(अपाङ्ग)को मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका–३ बरुण बस्ने दुधराज मुक्तानको छोरा अन्दाजी ३ वर्षीय मनिष मुक्तान रहेका छन् ।
सोमवार बिहान बालक लाई भान्सा घरमा झोलुुङ्गोमा राखि घरका अन्य सदस्य खेतमा गएको अवस्थामा निज नाबलक उक्त झालुङोबाट भुईमा झरी घस्रिएर झोलुङ्गोभन्दा अन्दाजी ३ फिट पश्चिममा रहेको आगो बाल्ने चुलोमा पर्न गई शरिरको पछाडी भाग पिठ्यु,टाउकोको पछाडीको भाग र कोखा पेट समेत जली निज नाबालक मृत अवस्थामा घरका मानिसले भेटेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय कपिलाकोे प्रहरी टोलीले घटनास्थलमा प्रारम्भिक अनुसन्धान गरी शवलाई पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा ल्याई राखेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालले जानकारी दिनु भयो ।