बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा आधुनिकताको नाममा विकृति बन्दैछ तीज पर्व

बुधवार , भाद्र २७, २०८०

सिन्धुली – पछिल्ला वर्षहरुमा सिन्धुलीमा तीजका नाममा उच्छृंखलता, विकृति र तडक भडक आएको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको सिन्धुलीका बुढापाकाहरु बताउछन् ।

यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि उनिहरुलेहरुले जोड दिएका छन् । एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थालेपनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा दर खाने दिनका लागि तोकिएको छ । पछिल्लो समय जिल्लाका स्थानिय तह, निजी तथा सरकारी विद्यालय, सहकारी, संघसंस्था, राजनितिक दलका महिला संगठन, इन्सुरेन्स कम्पनीहरु लगाएतका निकायहहरुले अहिले कार्यक्रमको आयोजना नै गरेर तिजको दर खाने तथा खुवाउने गरी रहेका छन् ।

तीज नेपाली महिलाहरुको लागि सबै भन्दा महान चाड यो । यो बिषयमा कसैको दुई मत छैन र हुनु पनि हुँदैन । तर, त्यसो भन्दैमा तीजलाई सबैभन्दा खर्चिलो, तडकभडक र लामो चाढ बनाउनु पर्छ भन्ने पनि हैन । हिन्दु नेपाली संस्कृतिमा तीजको ठूलो महत्व छ । त्यसो त तीज मात्रै किन हरेक चाढ पर्व धर्म र संस्कृतिका हिसावले उत्तिकै महत्वपूर्ण हुन्छन सबै नेपालीको लागि ।

तर, अहिले नेपाली हिन्दुहरुका लागि सबै भन्दा ठूलो चाढमानिने दशैं वा तिहार भन्दा तीज लामो, खर्चिलो र तडक भडकपूर्ण देखिएको छ । यो बिषय केहीका लागि राम्रो लाग्न पनि सक्छ, तर धेरैका लागि सामाजिक हिसावले चिन्ताको बिषय बनेको गुनासो सुनिन्छ । तीजको अवसरमा नांचगान गर्ने, दिदी बहिनी माइती घर जाने, भेटघाट गर्ने, राम्रो लुगा लगाउने आदि प्रचलनसंस्कृतीसंग सम्बन्धित छन् ।

तर, अहिले यो प्रचलन हुने खाने महिलाले तडक भडक गर्ने र सामाजिक संजालमा देखाउने पर्वको रुपमा चिनिन थालेको छ । समाजमा सुरु भएको यस्तो विकृति रोक्नुपर्ने जिम्मेवारी बोकेका सरकारी कार्यालय नै विकृतिका भासमा जाकिएपछि यसले संस्थागत रुप लिँदै गएको छ ।

यस बर्षको तिज भदौं ३१ गते देखि सुरु हुदैछ । भदौं ३१ गते दर खाने र असोज १ गते हरितालिका तिजको व्रत बस्ने दिन रहेको छ ।

प्रतिक्रिया