बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

उद्योग बाणिज्य संघ सिन्धुलीको ३३ औँ बार्षिक साधारण सभा

बुधवार , भाद्र २७, २०८०

सिन्धुली – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशभरका ६० हजार किसानलाई उत्पादनमा जोड्ने बताउनुभयो । खाद्यन्नलाई आत्मानिर्भर बनाउन सरकारकै समन्वयमा ६० हजार किसानलाई कृषि उत्पादनमा जोड्ने उहाँको भनाई छ ।

उद्योग बाणिज्य संघको ३३ औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेश सरकारले लगानी सम्मेलन गर्ने तयारी गरिहेको जानकारी दिनुभयो । उहाँले प्रदेशको अर्थतन्त्र सोचेजस्तो संकटमा नभएको स्पष्ट पार्दै सकरात्मक सोचका साथ व्यवसायमा लाग्न व्यवसायीहरुलाई अनुरोध गर्नुभयो । समयको परिवर्तनसँगै व्यवसाय गर्ने अवधारणा पनि परिवर्तन गर्नुपर्ने भन्दै मुख्यमन्त्रीले राजनीतिक सत्ता जता जान्छ व्यापार उतै फस्टाउने बताउनुभयोनुभयो । उहाँले व्यापारीहरुलाई सदरमुकामका बजार क्षेत्रमा मात्रै सिमित नभएर पालिका सदरमुकामस्तरमा व्यवसाय गर्न जानुपर्ने बताउनुभयो ।

सो अवसरमा संघिय सांसद लेखनाथ दाहालले किसानले उत्पादन गरेको कृषिजन्य तथा घरेलु साना उद्योगले उत्पादन गरेका बस्तुहरुको सहज व्यापार हुने बातावरण बन्नुपर्ने बताउनुभयो । हामी जनप्रतिनिधिले पाएको अख्तियारीको दुरुपयोग नगरि जनताको सेवामा लाग्छौ, उनले भने, सिन्धुलीको विकासको लागि सधै लागिपरेका छौ । अर्का संघिय सांसद श्याम घिमिरेले अर्थतन्त्र धरासायी हुदै गएको बताउनुभयो । जमिनको कारोवारलाई मात्रै कारोबार सम्झने परिपाटी रहेको भन्दै उनले जमिनको कारोबार ठप्प भएसँगै सबैतिरको आर्थिक अवस्था चौपट भएको बताउनुभयो । व्यापारिले पुजी निर्माण गर्ने नाफा कमाउने दलाली गर्ने कार्यलाई समाजले सकरात्मक दृष्टिकोणले हेर्न सक्नुपर्ने उहाँको भनाई छ ।

सो अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका गाँउ नगर उपाध्यक्ष सरकृष्ण बैद्यले आर्थिक संकटसँगै ४० प्रतिशत व्यवसाय बन्द भएको बताउनुभयो । साना पसल धरासायि हुँदा ठुला उद्योग बन्द हुने अवस्था आएको र ठुला उद्योग बन्द भए देशको अर्थतन्त्र चौपट हुने उहाँको भनाई छ । “बजारका ४० प्रतिशत भन्दा बढी व्यवसाय बन्द भएका छन्”, उहाँले भन्नुभयो,“ ठुला उद्योगले सरकारलाई ताला चावी बुझाउनु पर्ने अवस्था आएको छ सरकारले बेलैमा सोच्न नसके आर्थिक धरासायी हुनेछ ।” सकारलाई कर तिर्ने र स्वाच्छ व्यापार गर्ने व्यापारिसँगको सहकार्यमा व्यापारसँग जोडिने कानुन विधेयक ल्याइनुपर्ने उहाँको भनाई थियो । उहाँले व्यापारीबाट राजस्व लक्ष्य अनुसार उठाउन नसक्दा सरकारले ल्याउने बजेटनै संकुचित भएको भन्दै व्यबसायमा परेको असरले राजनीतिक दलसँगै सिंगो देशलाईनै परेको धारणा राख्नुभयोे ।

सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले दुई बर्ष कोरोना महामारी र त्यसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनले व्यवसायीहरु मारमा परेको बताउनुभयो । “हामीले कहिल्यै नभोगेको महामारीले निम्त्याएको आर्थिक सामाजिक जोखिम व्यहोर्न हामी बाध्य भएका थियौ”, उहाँले भन्नुभयो,“ कोभिड सकिदै गर्दा बजारमा आर्थिक मन्दीले छोयो, व्यापारिहरु मारमा परेका छन्, बैकको ब्याज तिर्न नसक्ने अवस्थामा पुगेका छन् ।” उहाँलेधेरै व्यवसायिहरु बैकको ब्याजतिर्न नसक्ने अवस्था आएकाले पलायन भएको भन्दै कतिपयले आत्मादाह गरेको मुख्यमन्त्री समक्ष स्मरण गराउनुभयो । उहाँले सरकारले उद्योग बाणिज्यको क्षेत्रमा सहकार्य गरेर लगानी गरि सहज बनाउनु पर्ने धारणा राख्नुभयो । सो अवसरमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सहित विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधिले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यसैबिच मुख्यमन्त्री जम्कट्टेलले जिल्ला खेलकुद विकास समिति सिन्धुलीको प्रशासकिय भवन, तथा भिमानमा निर्माण भएको बसपार्कको समेत उद्घाटन गर्नु भएको थियो ।

प्रतिक्रिया