बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा एकको मृत्यु, भिड नियन्त्रण गर्न हवाई फायर

शनिवार , भाद्र २३, २०८०

सिन्धुली– सिन्धुलीको दुधौली नगरपालिकामा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो कमलामाई बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा पैदलयात्री समर बहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक केशव कटुवालले जानकारी दिनुभयो ।

दुधौली नगरपालिका वडा नम्बर १० स्थित रातमाटाको अरुणठाकुर ग्रामिण सडक खण्डमा बा ४ ख ५१३० नम्बरको स्कुल बसले ठक्कर दिँदा वडा नम्बर १३ का ५२ वर्षिय तामाङको मृत्यु भएको कटुवालले बताउनुभयो । उक्त बसले जल्किनेबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ ह ०१८३ को अटोलाई ठक्कर दिएपछि अनियन्त्रित भई तामाङलाई ठक्कर दिँदा तामाङको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै, बसको ठक्करबाट अटो चालक दुधौली नगरपालिका वडा नं. १३ का ५० वर्षिय सोनिलाल तामाङ र सोहि वडाकी ३५ वर्षिय संगिता मोक्तान सामान्य घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको स्थानिय अस्पतालमा उपचार भईरहेको छ ।

मृतकको आफन्तहरुले कानुन बमोजिम क्षतिपुर्ति माग गर्दै शुक्रबार राती बाटोमै शव राखेर बाटो अवरोध गरेका थिए । झण्डै डेढ सयको संख्यामा रहेका पिडित पक्षले गाडीमा तोडफोड गरेपछि अवस्थालाई सामान्य बनाउन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको श्रोतले बतायो ।

शनिवार मृतक र सरोकारवाला निकायबिच सहमति जुटेपछि आफन्तले आन्दोलन बन्द गरेका छन् । दुर्घट्ना भएको एक दिनपछि शनिबार बिहान प्रदेश सांसद मातृका भट्टराई, दुधौली नगरपालिकाको मेयर दिनेश अधिकारी, वडा नम्बर १० का वडाध्यक्ष कुमार शर्मा , १२ का वडाध्यक्ष दिनेश कुमार भट्टराई र १३ का वडाध्यक्ष दिपक खड्का सहित विद्यालयका प्रधानाध्यापक प्रल्हाद हमाल र आफन्तबिच मृतकका परिवारलाई कानुन अनुसार क्षतिपुर्ति दिने र घाईतेको उपचार गर्ने सहमित भएको छ । लाशको प्रारम्भिक मुचुल्का गरि पोष्टमार्टमको लागि प्रथामिक स्वास्थ्य केन्द्र सिर्थौली पठाईएको प्रहरी निरिक्षक कटुवालले जानकारी दिनुभयो । बस चालक विमल मगर, बस र अटो प्रहरी नियन्त्रणमा रहेको कटुवालले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया