सिन्धुली – तीनदिन अघि बिराटनगरबाट काठमाडौं जाँदै गरेका सुवास थिङ कमलामाई नगरपालिका ९ को भिमान आएपछि करिब तीनघण्टा अड्किनुभयो । बीपी राजमार्ग अन्तर्गत भिमान खहरेमा आएको बाढी पार गर्न नसक्दा चालक थिङ र यात्रुहरुले लामो प्रतिक्षा गर्नुपर्यो । मध्यान्ह बाह्रबजे आइपुगेका उहाँ दिउसो दुइबजेतिर मात्र बाढी घटेपछि खहरे पार गरेर गन्तव्यतर्फ लागे । खहरेको बाढीमा ढुंगा सहित आउने भएकाले जोखिम मोलेर तर्नु उचित नहुने उहाँको तर्क छ ।
बर्खामा पटक–पटक खहरेको बाढीले यात्रा अवरुद्ध बनाउने गरेको चालक थिङले बताउनुभयो । ठाडो खोला हुन्छ, कहिले बाढी घट्ला भनेर पर्खिएर बस्नु पर्छ, उहाले भन्नुभयो, “अरु विकल्प पनि छैन् ।” भिमानचुरेदेखि माइस्थानसम्मको १५ किलोमिटर क्षेत्रमा दर्जनौं खहरेहरु पर्दछन् । सबै खहरेमा पुलको सट्टा लच्का निर्माण भएको छ । लच्कामा खहरेको बाढी सडकबाटै बग्ने भएकाले सँधैभरि अवरुद्ध हुन्छ ।
दर्कने पानी पर्नासाथ खहरेको शिर छोटो हुने भएकाले बाढी आइहाल्छ, भिमानका सिताराम ढुंगेलले सुनाउनुभयो । पानी पर्न रोकिएको छोटो समयमै बाढी घट्छ अनि वारपार हुन्छ, उहाले भन्नुभयोे, “पानी नरोकिउन्जेल बाढी घट्ने प्रतिक्षामा सवारी साधनको लर्को लाग्छ, ठुला खहरेमा समेत लच्का नै भएकाले कहिलेकांही भने लामै समय कुर्नुपर्ने हुन्छ ।” खहरेमा बाढी आएपछि गेग्रान र ढुंगा आएर थुप्रिनु अर्को समस्या हो ।
बाढी घटेपछि खहरे वारपार गर्न गेग्रानको थुप्रो हटाउनुपर्ने हुन्छ, अर्का चालक हरि आच्छामीले बताउनुभयो । गाडी वारपार गर्न नसक्ने गरि खहरेको बाढीले गेग्रान र ढुंगा ल्याएर लच्कामा थुपारिदिन्छ, मेशिनको प्रयोग गरेर नहटाएसम्म कुरेर बस्नुको विकल्प छैन्, उहाले भन्नुभयो, “कहिले सडक आयोजनाको डोजर आएर सफा गर्ला भनेर अनि गन्तव्यमा जाउ“ला भनेर कुर्नुपर्ने हुन्छ ।” झापा–काठमाडौं लाइन गाडि चलाएका चालक आच्छामी लामो दुरीका यात्रुबाहक सवारी साधनलाइ खहरेमा आउने बाढीले ठुलो समस्या उत्पन्न गराएको बताउ“नुहुन्छ ।
बाढीपहिरोले सडक अवरुद्ध नभएको जानकारी पाएपछि निस्फिक्रि हिंड्यो, एकझर पानी पर्नासाथ पत्पती धुवाएर खहरेमा आएको बाढीले यातायात अवरुद्ध भैहाल्छ, तीनै चालक आच्छामीले थप्नुभयो, “यत्रो ठुलो लगानी गरेर राजमार्ग निर्माण गरेपछि लच्काको सट्टा पुल बनाइदिएको भए जाममा त परिने थिएन् ।” जापान सरकारको अनुदान सहयोगमा निर्मित बीपी राजमार्गको दोस्रो सिन्धुलीमाडी– वर्दिवास सडक खण्डको ३७ किलोमिटरमा सबैभन्दा बढि खहरेखोलामा लच्का छन् । माइस्थानदेखि भिमानसम्मको १० किलामिटर सडकमा मात्र २० वटाभन्दा खहरे रहेको स्थानीयले बताएका छन् । चुरेक्षेत्र भएकाले धेरै नै खहरेहरु रहेका छन्, स्थानीय वुद्धि श्रेष्ठले भन्नुभयो, “मनसुन शुरु भएपछि सधैभरि खहरेमा बाढी आएपछि सवारी साधनहरु रोकिनु पर्दछ । निर्माणकै बेला यहा“को मौसमको बारेमा जापानीहरुलाइ जानकारी दिएको भए पुल नै बन्ने थियोहोला, अहिले आएर पछुतो लागेको छ, ।”
चुरे खहरेमा मात्र हैन्, ठुलाखोलाहरुमा पनि सडक निर्माण गर्दा पुल नहालेर लच्काले काम चलाइएको छ । सुनकोशी गाउँपालिका नेपालथोक नजिकको घ्याम्पेखोलामा रहेको लच्कालाइ वर्षेनी बाढीले बगाउ“छ । महाभारत उत्तरतर्फ पानी पर्नासाथ घ्याम्पेखोलामा आएको बाढीले घण्टौं यातायात अवरुद्ध हुने गरेको बीपी राजमार्ग यातायात सेवा समितिका अध्यक्ष कान्छामान वलले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “लगातार वर्षाहुदा ठुला खोलामा आएको बाढी घट्नलाइ कहिले त दुइदिनसम्म लाग्छ, जोखिम मोलेर पार गर्न खोज्दा सवारी साधन नै बगाउने गरेको छ ।”
ठुला खहरे तथा खोलाहरुमा पुल निर्माण गर्नुपर्ने अध्यक्ष वलले खाँचो औंल्याउनुभयो । वर्दिवास–सिन्धुली–वनेपा सडक आयोजनाका अनुसार बाढी घटेपछि थुप्रिएको गेग्रान र ढुंगालाइ सकेसम्म छिटो पन्छाएर यातायात सुचारु गराउने काम हुन्छ । आयोजनालाइ जानकारी प्राप्त हुनासाथ डोजर, स्काभेटर लगाएतका उपकरण प्रयोग गरिन्छं, खहरेमा पुल नहु“दा समस्या भएको छ, चुरे क्षेत्रलाइ पायक पर्नेगरि राजमार्गको लच्का सफा गर्न भिमानमा नै मेशिन राखिएको छ ।