सिन्धुली – सिन्धुलीका पुराना पत्रकार कृष्णप्रसाद गौतम ‘विशाल कुमार स्मृति पत्रकारिता’ पुरस्कारबाट सम्मानित हुनु भएको छ । नेकपा एमालेले २० औं विशाल कुमार स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक कोषाध्यक्ष समेत रहनु भएका गौतमलाई ५ हजार नगद राशि भएको पुरस्कारबाट सम्मानित गरेको हो । जनपक्षीय पत्रकारितामार्फत समाजलाई उल्लेखनिय योगदान पुर्याएवापत पत्रकार गौतामलाई एमाले सिन्धुलीले सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले समाज परिवर्तनको आन्दोलनमा पत्रकारीता मार्फत २०४६ सालदेखि क्रियाशील रही आएको गौतमको प्रसंसा समेत गर्नु भएको थियो । नेता थापाले सहिदहरुले देखाएको बाटोमा अविचलित रुपमा लाग्न पार्टी कार्यकार्तालाई अनुरोध गर्नुभयो ।
तत्कालीन माओबादीका केन्द्रिय सदस्य शेर मान कुँवर “विशाल” र वैकल्पिक केन्द्रीय सदस्य मोहनचन्द्र गौतम ” कुमार” को नेपाली सेनाद्वारा सिराहा जिल्लाको धन्छवार २०६० साल भाद्र २० गते हत्या भएको थियो ।