बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ

मंगलवार , भाद्र १९, २०८०

सिन्धुली– जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जबरजस्ती करणी मुद्धाका फरार प्रतिबादीलाई मंगलबार पक्राउ गरेको छ ।

कमलामाई नगरपालिका–११ का २३ बर्षिय हरिशचन्द्र भण्डारीलाई नावालीका लाई जबरजस्ती करणी गरेको अभियोग लागेको थियो । फरार रहेका भण्डारीलाई काभ्रेपलान्चोक प्रहरीको सहयोगमा मंगलटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कुमार कटुवालले जानकारी दिनुभयो ।

अभियुक्त भण्डारीलाई मंगलबार नै जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया